सिँजादर्पण काठमाण्डौ ।। यतिवेला दक्षिण एसियाको राजनीतिमा नयाँ घटनाक्रम हरुले नयाँ परिवेश सृजान गरेकोछ । मिलेनीअम च्यालेन्ज कर्पोरेशन एमसीसी० सम्झौताबारे सम्भवत पहिलो पटक नेपाल जोडिएको विषयमा चीन र अमेरिकाले एकअर्कालाई कटाक्ष गरेको धेरै भएको छैन।सो अवधिमा नेपालले चीन र अमेरिकासँगको सम्बन्धमा असहजता अनुभव गरेको थियो।अहिले ती दुई महाशक्ति देशबीच ताइवानको विषयलाई लिएर तनाव अत्यन्तै चर्किएको छ।यस्तो बेला परराष्ट्रमन्त्रीको चीन भ्रमण नेपालको निम्ति आफैँमा चुनौतीपूर्ण हुने परराष्ट्रमामिलाका जानकारहरूले बताएका छन्।
नेपालका चार कम्युनिस्ट पार्टीका शीर्ष नेतालाई चीनले के दियो सन्देश नेपालमा चीनको मुख्य चासो ‘सुरक्षा’, अमेरिकी प्रभाव र तिब्बत मामिला प्रमुख ‘चिन्ता’परराष्ट्र मन्त्रालयले गत साता सार्वजनिक गरेको आधा पानाको विज्ञप्तिमा परराष्ट्रमन्त्री नारायण खड्काले अगस्ट ९ देखि ११ सम्म चीन भ्रमण गर्ने उल्लेख छ।शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएयता यो उनको पहिलो चीन भ्रमण हुनेछ।दुई देशका परराष्ट्रमन्त्रीहरूले आआफ्ना प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गर्ने औपचारिक भेटवार्ता अगस्ट १० अर्थात् बुधवार चिङ्दाओ सहरमा हुने त्यसमा उल्लेख छ।
गत साता अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपश्चात् अहिले दुई महाशक्ति देशबीच तनाव बढ्दो छ।त्यसैको पृष्ठभूमिमा नेपाली परराष्ट्रमन्त्री चीन जान लागेका छन्। हुन त यो दुई देशबीचको उच्चस्तरीय भ्रमण आदानप्रदानकै एउटा सिलसिला हो।महिनामा चिनियाँ परराष्ट्रमन्त्री वाङ यी नेपाल भ्रमणमा आएका थिए। त्यतिखेर उनले दिएको निम्तो मान्न नारायण खड्का यो साता चीन जान लागेका हुन्।तर परिस्थितिका कारण चुनौती बढेको चीनका निम्ति पूर्व राजदूत टङ्क कार्की ठान्छन्।स्थापित दुनियाँ र उदीयमान शक्तिबीचको सङ्घर्षले अहिलेको परिस्थिति निर्माण भएको छ। यस्तो बेला नेपालले सबैको जायज स्वार्थ पूरा गर्दै आफ्नो असंलग्न नीतिमा तलवितल हुन नदिईकन तरबारको धारमा हिँड्न जान्नुपर्छ, कार्कीले भने।
