Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नागरिकता विधेयक फिर्ता : राष्ट्रपतिको १५ बुँदे सन्देशमा के छ ?


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, साउन ३०, २०७९

नागरिकता विधेयक फिर्ता :  राष्ट्रपतिको १५ बुँदे सन्देशमा के छ ?

सिँजादर्पण, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित नागरिकता विधेयक–२०७९ पुनर्विचारका लागि संसदमा फिर्ता गरिदिएकी छन् । उनले प्रेषित गरेको सन्देशमा विधेयक सुधारको ठाउँसमेत औंल्याएकी छिन् । शीतल निवास स्रोतका अनुसार राष्ट्रपतिले नागरिकता कानुन बनाउन ऐतिहासिक पक्षहरुको समग्र अध्ययन आवश्यक भएको बताएकी छन् । जसमा विसं २००९ सालमा जारी भएको पहिलो नागरिकता ऐन, पुराना संविधान र तिनमा नागरिकता प्राप्तिको व्यवस्थाबारे भएका परिवर्तन तथा उतार चढाव उल्लेख गरिएको छ ।

साथै तत्कालीन राजा वीरेन्द्रले रोकेको नागरिकता ऐन, बहुदलीय व्यवस्था स्थापना भएपछि गठन भएका नागरिकता समस्या सुझाव आयोग समेतको चर्चा समेत राष्ट्रपतिले आफ्नो सन्देशमा गरेकी छन् । भविष्यमा नागरिकता विवादबारे समस्या नहोस् भनेर अहिलेको संसदले पनि यथेष्ट ध्यान पुग्नुपर्ने राष्ट्रपतिको भनाइ छ । यस्तै नागरिकताका सिद्धान्तहरूमा स्पष्टता पनि उनले खोजेकी छन् । जसमा आमाको नामबाट नागरिकता सहज रुपमा पाउनुपर्ने सवाललाई पनि उठाएकी छन् ।

उनले अंगीकृत नागरिकताको सवाललाई स्थायी रुपमा समाधान गरिनुपर्ने सन्देश दिएकी छन् । यस्तै राज्य व्यवस्था तथा सुशासन समितिले सहमति जुटाएको प्रतिवेदनलाई पनि थाती राखी पुनः नयाँ विधेयक दर्ता गराउनुको विश्वसनीय र स्पष्ट कारण संसद्का माध्यमबाट सार्वभौम जनताका सामुन्ने राखिदिनु पर्ने आशयसहितको सन्देश पनि राष्ट्रपतिले दिएकी छन् । बाबु नभएकोबारे आमाको स्वघोषणा प्रस्ताव गरिएकोलगायतका विषयमा समेत राष्ट्रपतिले चासो देखाएकी छन् ।

यस्तै उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीको अध्यादेश स्वीकृत गर्नुको कारण आफ्नो सन्देशमा उल्लेख गरेकी छन् । अध्यादेश राष्ट्रपतिले रोक्न नपाउने तर अहिलेको अवस्थामा भने संवैधानिक व्यवस्थाअनुसार निर्णय लिएको भण्डारीको भनाइ छ । तर ओलीले ल्याएको अध्यादेशले पनि नागरिकताको सवालमा  प्रष्ट जवाफ दिन नसकेको उनको भनाइ छ ।

नागरिकलाई नागरिकता दिन ढिलाई गर्न नहुने भन्दै राष्ट्रपतिले आफ्नो सन्देशमा तत्काल छलफल गरी पुनः प्रमाणीकरणका लागि पेश गर्न आग्रह गरेकी छन् । नागरिक अगुवासँगको परामर्शपछि राष्ट्रपति भण्डारीले आइतवार विधेयक संसदमा फिर्ता पठाइदिएकी हुन् । प्रतिनिधिसभाले प्रमाणीकरण गरेर पठाएको विधेयक १५ दिनमा प्रमाणित गर्ने या फिर्ता गर्ने राष्ट्रपतिको अधिकार हो ।

संविधानको धारा ११३ मा विधेयकमा प्रमाणीकरण सम्बन्धी व्यबस्था छ । ‘प्रमाणीकरणका लागि पेश भएको अर्थ विधेयकबाहेक अन्य विधेयकमा पुनर्विचार आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा त्यस्तो विधेयक पेश भएको १५ दिनभित्र निजले सन्देशसहित विधेयक उत्पत्ति भएको सदनमा फिर्ता पठाउनेछ’ भन्ने संविधानको व्यबस्था छ । राष्ट्रपतिले सोही व्यवस्थालाई टेकेर विधेयक फिर्ता गरेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn