सिँजादर्पण कठमाण्डौ ।। अमेरिकाको फ्लोरिडा राज्यस्थित एक प्रहरी अधिकारीले समुद्री इयान आँधीका कारण सयौँ मानिसको ज्यान गएको हुन सक्ने आफूले बुझेको बताएका छन्।ती अधिकारीले आँधीका कारण पुगेको क्षति फ्लोरिडा राज्यभरि नै देखिन थालेको र ज्यान गुमाउनेको सङ्ख्या सयौँमा हुनसक्ने बताएका हुन्।हजारौँ उद्धारको पर्खाइमा रहेको पनि उनले बताएका छन्।अमेरिकाको न्याश्नल हुरिकेन सेन्टरले बाढीको थप खतरा रहेको भन्दै चेतावनी दिएको छ।उक्त सेन्टरले उत्तरपूर्वी फ्लोरिडाको तटीय क्षेत्रलगायत जोर्जिया र साउथ क्यारोलाइनामा पनि घातक आँधी आउनसक्ने जनाएको छ।शक्तिशाली तुफानसहितको आँधीका कारण उक्त दक्षिणपश्चिमी तटीय क्षेत्रमा बाढी आएको छ। त्यहाँ तीव्र वेगले हावा चलिरहेको छ भने उच्च वर्षाका कारण कैयौँ घरहरू डुबेका छन्।उक्त राज्यका गभर्नरले यो आँधी फ्लोरिडामा बज्रिएका हालसम्मकै शक्तिशाली पाँच आँधीमध्येमा एक भएको बताएका छन्।
उनका अनुसार आँधीले पूरै राज्यभरि क्षति पुर्याएको छ।अमेरिकी सीमामा गस्ती गर्ने सुरक्षाकर्मीले क्युबाबाट फ्लोरिडा कीज्तर्फ आप्रवासीलाई बोकेर आउँदै गरेको एउटा डुङ्गा डुब्दा २३ जना मानिसहरू हराएका थिए।उक्त राज्यभरि २५ लाखभन्दा बढी मानिस विद्युत आपूर्ति बन्द हुँदा अन्धकारमा बस्न बाध्य भएका छन्।घना बस्ती भएको क्षेत्रमा फैलिँदै समुद्री आँधी जापानमा शक्तिशाली समुद्री आँधीका कारण धनजनको क्षति
पछिल्लो अवस्था इयान आँधी बुधवार फोर्ट मायर्स सहर नजिकै २४१ किलोमिटर प्रतिघण्टाको गतिमा बज्रिएको थियो।फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले उक्त आँधीको चपेटामा पर्नसक्ने स्थानका मानिसलाई केही दिन ूनराम्रो अवस्थाूका लागि तयार रहन चेतावनी दिएका छन्।उक्त आँधीकै कारण क्युबामा मङ्गलवार आएको तुफानले दुईजनाको ज्यान लिएको थियो भने त्यहाँ पनि विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
