काठमाण्डौ ।। भारतीय पूर्व कप्तान विराट कोहलीले टी(२० विश्वकपमा कीर्तिमान बनाएका छन्।पछिल्लो समय उत्कृष्ट लयमा रहेका कोहलीले बुधबार बंगलादेशविरूद्ध ६४ रन बनाएसँगै १०६५ रन बनाएर विश्वकप टी(२० मा सर्वाधिक रनको कीर्तिमान बनाएका हुन्।
अष्ट्रेलियामा जारी टी(२० विश्वकप २०२२ अन्तर्गत बुधबार भएको सुपर १२ को चौथो खेलमा ४४ बल खेल्दै उनले ८ चौका र १ छक्कासहित नटआउट ६४ रन बनाएका हुन्।
ष्लखयतभअज
एसिया कप २०२२ मा अफगानिस्तानविरूद्ध शतक बनाएसँगै उनी पुरानो फर्ममा फर्किएका हुन्।
टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने क्रममा बुधबार ९नोभेम्बर २० बंगलादेशविरूद्ध थप १६ रन बनाउँदै टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने श्रीलंकाका महेला जयबर्धनेको रेकर्ड तोडेका हुन्।
टी–२० विश्वकपको इतिहासमा यसअघि जयवर्धनेले १०१६ रन बनाएर शीर्ष स्थानमा थिए।
भ्कभधबकयातधबचष्अबलष्अ
उनले ११२ टी–२० खेलमा ३९३२ रन बनाइसकेका छन् जसमा एक शतक र ३६ अर्धसतक समावेश छ।
उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ७१ शतक बनाएका छन्। जसमा १०२ टेष्टबाट २७ सतक, २६२ एकदिवसीयमा ४३ र एक अन्तर्राष्ट्रिय टी(२० सतक उनको नाममा छ।
अष्ट्रेलियामा जारी टी–२० विश्वकपमा उनले पाकिस्तान र नेदरल्याण्ड्सविरूद्ध उत्कृष्ट इनिङ्स खेलेका थिए।
पहिलो खेलमा पाकिस्तानविरूद्ध ८२ रनको अभिजित पारी खेलेका उनले दोस्रो खेलमा नेदरल्याण्डविरूद्ध ६२ रनको अभिजित इनिङ्स खेले। तेस्रो खेलमा भने उनी दक्षिण अफ्रिकाविरूद्ध १२ रनमा आउट भए।
टी(२० विश्वकप इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीहरू
१। विराट कोहली ९भारत० ( १०६५ रन
२। महेला जयवर्धने ९श्रीलंका० ( १०१६ रन
३। क्रिस गेल ९वेस्ट इन्डिज० ( ९६५ रन
४। रोहित शर्मा ९भारत० ( ९०४
५। तिलकरत्ने दिलशान ९श्रीलंका०( ८९७
