काठमाण्डौ ।। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पूर्वी सहर वजिराबादमा एउटा विरोध जुलुसका क्रममा गोली प्रहार गरी घाइते बनाएर स्पष्ट रूपमा हत्याको प्रयास गरिएको छ।उनको दल पीटीआईका सदस्यहरूले थप चारजना घाइते भएको बताएका छन्।उक्त घटनामा कसैको मृत्यु भने नभएको बताइएको छ। खानको गोडाको कुन भागमा गोली लागेको भन्ने स्पष्ट छैन।तर उनका एकजना सहयोगीले उनी खतरामा नरहेको बताएका छन्। सत्तरी वर्षीय खान चुनावको माग गर्दै विरोध र्यालीमा सहभागी भइरहेका थिए।भारतमा बीजेपी हिटलरको बाटोमा हिँड्दैछः इमरान खान
कश्मीरमा भारतको कारबाहीले अतिवादलाई बढावास् इमरान खान
हत्या प्रयासु एएफपी समाचार संस्थासँग बोल्दै उनका वरिष्ठ सहयोगीले भने, यो उनको हत्या गर्ने प्रयास थियो।पूर्वप्रधानमन्त्री खानमाथि गरिएको गोली प्रहारको घटनाको प्रधानमन्त्री शहबाज शरिफले निन्दा गरेका छन्।प्रधानमन्त्रीले गृहमन्त्रीलाई घटनाबारे तत्काल रिपोर्ट पेस गर्न निर्देशन समेत दिएका छन्।पाकिस्तानको जीओ टेलिभिजनका अनुसार एक सन्दिग्ध पुरुषलाई पक्राउ गरिएको छ।इमरान खान प्रधानमन्त्रीमा चयन
इमरान खान भन्छन्, चुनावअघि भारतले फेरि केही गर्न सक्छुनयाँ सरकार बनाउन इमरान खान अग्रसर
लाहोरमा उपचारखानलाई उपचारका लागि लाहोरको अस्पतालमा लगिएको देखिएको छ।
पा र्टीका एकजना प्रवक्ताले उनलाई पिडौँलामा चोट लागेको बताए। पार्टीकी नेत्री तथा प्रादेशिक स्वास्थ्यमन्त्री यास्मीन रशिदले खानको अवस्था स्थिर रहेको जानकारी दिइन्।गत महिना पाकिस्तानको निर्वाचन आयोगले खानलाई सार्वजनिक पदका लागि अयोग्य ठहर गरेको थियो। त्यसलाई पूर्वक्रिकेटर समेत रहेका खानले राजनीतिक रूपमा अभिप्रेरित भएको आरोप लगाएका छन्।
