सिँजादर्पण काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मध्यराति भएको खेलमा स्वीट्जरल्याण्डलाई पराजित गर्दै पोर्चुगल क्वाटरफाइनल पुग्ने अन्तिम टिम बनेको हो । अब पोर्चुगलले क्वाटरफाइनलमा मोरक्को विरुद्ध खेल्नेछ । क्वाटरफाइनलमा युरोपबाट सर्वाधिक ५ टिम पुगेका छन् भने दक्षिण अफ्रिकाबाट दुई तथा अफ्रिकाबाट एक टिम छन् ।

एसियाका तीनवटा राष्ट्र र उत्तर अमेरिकी एक राष्ट्रको चुनौती भने अन्तिम १६ मै समाप्त भएको छ ।युरोपबाट नेदरल्याण्ड्स, इंग्ल्याण्ड, फ्रान्स, क्रोएसिया र पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गर्दा दक्षिण अमेरिकाबाट ब्राजिल र अर्जेन्टिना क्वाटरफाइनल पुगे ।अफ्रिकन राष्ट्र मोरक्को भने पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । एसियाका जापान, दक्षिण कोरिया र अष्ट्रेलिया तथा उत्तर अमेरिकाको अमेरिका अन्तिम १६ बाटै बाहिरिए ।यस पटक विश्वकपमा सबै महादेशबाट अन्तिम १६ मा प्रतिनिधित्व भएको थियो ।
क्वाटर फाइनल खेल तालिका
मंसिर २३ गते शुक्रबार
क्रोएसिया भर्सेस ब्राजिल ९राति ८स्४५ बजे०
नेदरल्याण्ड्स भर्सेस अर्जेन्टिना ९ मध्य राति १२स्४५ बजे०
मंसिर २४ गते शनिबार
मोरक्को भर्सेस पोर्चुगल ९राति ८स्४५ बजे०
इंग्ल्याण्ड भर्सेस फ्रान्स ९ मध्यराति १२स् ४५ बजे
सेमिफाइनल – मंसिर २७ गते मंगलबार
पहिलो क्वाटरफाइनल विजेता भर्सेस दोस्रो क्वाटरफाइनल विजेता ९ मध्य राति १२स्४५ बजे०
मंसिर २८ गते बुधबार
तेस्रो क्वाटरफाइनल विजेता भर्सेस चौथो क्वाटरफाइनल विजेता ९ मध्यराति १२स्४५ बजे०
तेस्रो स्थान – पुस २ गते शनिबार
पहिलो सेमिफाइनल उपविजेता भर्सेस दोस्रो सेमिफाइनल उपविजेता ९राति ८स्४५ बजे०
फाइनल पुस – ३ गते आइतबार
पहिलो सेमिफाइनल विजेता भर्सेस दोस्रो सेमिफाइनल विजेता ९राति ८स्४५ बजे०
