सिँजादर्पण काठमाण्डौँ ।। युक्रेनको राजधानी किएभको पूर्वी भागमा एक हेलिकप्टर शिशु(शिक्षालयनजिकै दुर्घटना हुँदा देशका आन्तरिक मामिलामन्त्रीसहित कम्तीमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। मृत्यु हुनेमा जमिनमा रहेका मानिसहरू समेत छन्।मृत्यु हुनेमा एकजना बालबालिका पनि छन्। ११ जना बालबालिकासहित २५ जना उक्त घटनामा परेर घाइते भएको बताइएको छ।हेलिकप्टरमा मन्त्री डेनिस मोनास्तिर्स्की र अरू आठ जना सवार थिए।उनीबाहेक आन्तरिक मन्त्रालयका दुई वरिष्ठ अधिकारीहरूको पनि निधन भएको छ। उनका उपमन्त्री र एक सचिवको पनि निधन भएको अधिकारीहरूले बताएका छन्।रुस र युक्रेनले कसरी लडाइँमा ‘कामिकाजे’ ड्रोन प्रयोग गरिरहेका छन्यु क्रेन(रुस युद्धस् युद्धका ३०० दिनमा रुसको आक्रमण र युक्रेनको प्रतिरक्षा मृत्युका बिषयमा फरकफरक विवरणहरू आइरहँदा त्यस्तो वास्तविक सङ्ख्या अझै यकिन हुन सकेको छैन।राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनालाई ुकालो बिहानु बताउँदै मृत्यु भएका मन्त्रीहरूलाई ुसाँच्चिकै देशभक्तु भनेका छन्।युक्रेनी प्रहरी प्रमुखले फेसबुकमा लेख्दै उक्त हेलिकप्टर युक्रेनको आपत्कालीन सेवाको रहेको जनाएका छन्।त्यो दुर्घटनाबाहेक अरु केही भएको सङ्केत देखिएको छैन तर प्रत्यक्षदर्शीहरूले उक्त विपद्का लागि रुसको युद्धलाई दोष दिएका छन्। श्रोत विविसि ।
