सिँजादर्पण काठमाण्डौ ।। उत्तरी जर्मनीको ह्याम्बर्गमा भएको बन्दुक आक्रमणमा कैयौँ मानिसहरू मारिएका छन्।जहोभस विटनेस’ इसाई अभियानकर्मीहरूको बैठक कक्षमा गोली चलाउने बन्दुकधारी पनि घटनामा मारिएको हुनसक्ने प्रहरीले बताएको छ।जर्मन सञ्चार माध्यमका अनुसार छ वा सात जना मृतकमध्येमा बन्दुकधारी पनि रहे वा नरहेको प्रस्ट छैन।घटनाको उद्देश्य अझै यकिन हुन सकेको छैन प्रहरीले भनेको छ।ह्याम्बर्गकै अर्को स्थान ग्रस ब्रोस्टलमा भएको गोली प्रहारमा पनि केही मानिसहरू घाइते भएका छन्।प्रहरी प्रवक्ता होल्गर भेरेनले “गोली चलाउने व्यक्ति पनि त्यही भवनमा रहेको र मृतकमध्ये एक हुनसक्ने” समाचार संस्था एपीलाई बताएका छन्।उनका अनुसार घटनामा प्रहरीले हतियार प्रयोग गर्नुपर्ने आवश्यकता परेको थिएन।लेपर्ड टू ट्याङ्कहरू युक्रेन पठाइने जर्मनीको घोषणाज्यादती, प्रोपागान्डा र विरहको कहानी देखाउने चलचित्र जुन ८० वर्षअघि बनेको थियो l प्रहरीले भवनको माथिल्लो तलामा गोली चलेको आवाज सुनेको भेरेनले बताएका छन्। उनका अनुसार घटनामा संलग्न व्यक्ति भागेर गएका थिएनन्।घटनामा घाइते भएकाहरूलाई अस्पताल लगिएको बताइए पनि घाइतेहरूको सङ्ख्या र उनीहरूको अवस्थाबारे विवरण सार्वजनिक भएका छैनन् l घटनाबारे सूचना दिने एपमा स्थानीय समय अनुसार राती नौ बजे स्थानीयले “एक जना वा धेरै जनाले चर्चमा मानिसहरूमाथि गोली प्रहार गरिरहेको” जानकारी गराएका थिए।प्रहरीले स्थानीय क्षेत्रमा मानिसहरूलाई प्रहरी कारबाही नसकिएसम्म घरबाट बाहिर ननिस्किन भनेको छ।श्रोत विविसि l
