सिँजादर्पण काठमाण्डौँ ।। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ओडिशामा भएको घातक रेल दुर्घटनाका दोषीलाई कडा सजाय दिइनेू बताएका छन्।
देशको पूर्वी राज्य ओडिशामा शुक्रवार साँझ रेलहरू एकआपसमा ठोकिँदा कम्तीमा २८८ जनाको मृत्यु र १,००० जना घाइते भएको अधिकारीहरूले बताएका छन्।उक्त राज्यको बालासोर जिल्लामा दुर्घटना भएको हो।एउटा यात्रुवाहक रेल शुक्रवार अबेर पटरीबाट बाहिर खसेको र त्यो अरू रेलहरूमा ठोकिन पुगेको ठानिएको छ।यो भारतमा भएको विगत चार दशकयताकै सबैभन्दा खराब रेल दुर्घटना हो।उक्त दुर्घटनाको कारण हालसम्म स्पष्ट हुन सकेको छैन। यद्यपि भारतका एकजना केन्द्रीय मन्त्रीले दुर्घटनाको कारण प्राविधिक भएको बताएका छन्।ओडिशाका मुख्यसचिव प्रदीप जेनाले घटनास्थलमा २०० वटाभन्दा बढी एम्बुलेन्स, दर्जनौँ चिकित्सक र नर्सहरूलाई घटनास्थल पठाइएको जनाएका छन्।पाकिस्तानमा यात्रुवाहक रेलमा आगलागी, कम्तीमा ७४ जनाको मृत्यु कोरोना भाइरस भारत औरङ्गाबादमा रेलको ट्रयाकमा निदाएका १६ मजदुरको मृत्यु । मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।भारतीय रेलवेका अनुसार कोरोमण्डल एक्सप्रेस र हावडा सुपरफास्ट एक्सप्रेस आपसमा जुध्न पुगेका थिए।शनिवार दिउसो घटनास्थल पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाबाट आफू अत्यन्त दुःखी भएको बताएका छन्।
