सिँजादर्पण काठमाण्डौ ।। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले चिनियाँ अधिकारीहरूसँगको दुई दिने वार्ताको सुरुमा बेइजिङमा चिनियाँ विदेश मन्त्री किन गांगसँग भेटेका छन्।यो करिब पाँच वर्षमा अमेरिकी कूटनीतिज्ञले गरेको पहिलो चीन भ्रमण हो। अमेरिकी अधिकारीहरूले वार्ताको मुख्य लक्ष्य अत्यन्तै तनावपूर्ण भएको सम्बन्धलाई स्थिर बनाउनु रहेको बताएका छन्।अमेरिकी आकासमा एक सन्दिग्ध चिनियाँ जासुसी बलुनको उडानपछि करिब पाँच महिनाअघि ब्लिङ्कनको भ्रमण स्थगित गरिएको थियो।अमेरिकाले यो यात्राबाट प्राप्त हुनसक्ने उपलब्धिका अपेक्षाहरूलाई घटाउँदै लगेको छ र दुवै पक्षले कुनै ठूलो सफलताको आशा नगरेको स्पष्ट पारेका छन्।
चीन अमेरिका
अमेरिकी अधिकारीहरूले यस भ्रमणको उद्देश्य भनेको उच्चस्तरीय वार्ताका ढोकाहरूलाई पुनः खोल्नु र बलुन उडाइएको घटनापछि तनावपूर्ण बनेको सम्बन्धलाई स्थिर राख्नु रहेको बताएका छन्।चीनले आफ्नो अभिन्न अङ्ग मान्ने ताइवान नजिकै चीनले सैन्य अभ्यास गर्ने गरेको छ।अमेरिकाले चाहिँ ताइवानको लोकतान्त्रिक रूपमा निर्वाचित सरकारसँग घनिष्ठ सम्बन्ध राख्छ।यो भ्रमणमा किन गांग र वरिष्ठ चिनियाँ विदेश नीति अधिकारी वाङ यीसँगको भेटघाट सहितको पूर्ण एजेन्डाहरू छन्।ताइवानलाई घेराबन्दी गर्ने चिनियाँ सैन्य अभ्यासमाथि अमेरिकाको ‘निगरानी’
९ एप्रिल २०२३
के एआईको दौडमा चीन अमेरिकाभन्दा अगाडि जाँदैछ
११ जुन २०२३
चीनमा अबको पाँच वर्ष शासन गर्ने नेताहरू को को हुन्
२३ अक्टोबर २०२२ युक्रेनमा जारी युद्ध, उन्नत कम्प्युटर प्रविधिलाई लिएर उत्पन्न व्यापार विवाद, चिनियाँ मानवअधिकार आचरणलगायतका विषयमा अमेरिकीहरूले छलफल गर्न अपेक्षा गरिएका छन्।चिनियाँ अधिकारीहरूले ब्लिङ्कनको भ्रमणप्रति सावधानीपूर्वक प्रतिक्रिया व्यक्त गरेका छन् र अमेरिका सम्बन्ध सुधार गर्ने प्रयासमा इमानदार छ कि छैन भनेर प्रश्न उठाएका छन्।
उनले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई भेट्ने वा भेट्न नपाउने भन्ने स्पष्ट छैन।ब्लिङ्कन सन् जनवरी २०२१ मा राष्ट्रपति जो बाइडनले पद सम्हालेयता चीन भ्रमण गर्ने उच्च अमेरिकी अधिकारी हुन्।ब्लिङ्कनको भ्रमणको पहिलो र प्रमुख कुरा भनेकै अमेरिका र चीनबीच कुनै पनि प्रकारको कूटनीतिक अन्तरक्रियालाई पुनः स्थापना गर्नु हो।
गत महिना अस्ट्रियाको भियनामा वरिष्ठ अमेरिकी अधिकारी र चिनियाँ अधिकारीहरूबीच भएको भेटले त्यसको प्रारम्भिक थालनी गरेको थियो।
ब्लिङ्कन चीन भ्रमण गर्ने बाइडन प्रशासनका सबैभन्दा वरिष्ठ अधिकारी हुन् र अक्टोबर २०१८ पछि अमेरिकी विदेश मन्त्रीको यो पहिलो बेइजिङ भ्रमण हो।
अमेरिका(चीन सम्बन्धबारे जानकार विज्ञहरू द्वन्द्वको जोखिमलाई कम गर्नका लागि दुई पक्षबीच प्रत्यक्ष कूटनीतिक संवाद हुनु जरुरी भएको ठान्छन्।
र, ब्लिङ्कनको भ्रमणले त्यसको थालनी गर्न सक्ने ठानिएको छ।
