सिँजादर्पण काठमाण्डौँ ।। कर्णाली प्रदेशको जुम्ला वाट संघिय संसदको रुपमा ४ जनाले संघिय संसदमा पुग्ने अवसर प्राप्त गरेका छन । जसमा राप्रपा बाट प्रत्यक्ष तर्फका ज्ञानेन्द्र शाही , अन्य मानिय समानुपातिक तर्फ नेकपा माओवादी केन्द्रवाट छिरिङ ल्यामु लामा, कांग्रेस बाट कान्तिका सेजुवाल र रास्वापा बाट बिनिता कठायत माननिय रहेका छन । यसपाली भने जुम्लाका वारेमा सदनमा जोडदार आबाज पुगेको भन्दा फरक नपर्ला तर कति छुटाइयको छत ? कर्णालीको जुम्लामा विकास बजेट ? ययबारे छिरिङ ल्यामु लामा,ले निरन्तर रुपमा जुम्लाको विकास बारे सदनमा बोलेकी छन । लामा ले कर्णालीको जुम्ला नाग्मा मुगु नाक्चालाग्नाको सडक कालोपत्रे र स्थर उन्नतीका लागि बजेट अझै अपुग भएको कुरा सदनमा जोडदार रुपमा राखेकी छन । पर्यटन प्रवद्धनमा सिँजा सभ्यता मुगको राराताल छायानाथ जस्ता धार्मीक महत्व बोकेका क्षेत्रलाइ पर्यटन प्रवद्धधन गर्नु पर्ने उनको भनाइ छ । लामाले सरकारले कर्णालीलाइ अझैपनि विकास बजेट विनियोजनमा विभेद गरेको कुरा सदनमा प्रस्तुत गरेकी छन ।नाग्म नाक्चालाग्नाको लागि ३५ करोड रकम छुटयाइयको भएपनि त्यसकालागि रकम प्रयाप्त नभएको उनको भनाइ छ ।
