सिँजादर्पण कालिकोट ।। स्थानिय प्रयासमा खाद्य सुरक्षा रुपान्तरण साहास नेपाल द्धारा संञ्चालित लिफ्ट परियोजना कालिकोटले लितागुफा नगरपालिकामा साना किसान हरु लाइ बाख्रा हस्तान्तरण कार्यक्रममा गरेकोछ । सो कार्यक्रममा करिव ६० जना न्युन आय भएका दलित तथा गरिव समुदाय लाइ वडा वाइज छनौट गरेका समुदायलाइ बाख्रा वितरण गरियको कार्यक्रमका अधिकृत कुमार परियारले जानकारी दियका छन ।

सुखमय आनन्दीत जिवनको लागी समुन्त र न्यायिक समाज भन्ने मुल नारा उल्लेख गरियको लिफ्ट संस्थाले बाख्रा वितरण कार्यक्रममा प्रमुख अतिथि तिलागुफा नगरपालिकाका मेयर शंकर प्रसाद उपाध्याय उप मेयर महेन्द्र वहादुर शाहीको उपस्थीतिमा किसान लाइ बाख्रा वितरण गरेको छ । अधिकृत परियारले बाख्रा पाउने किसान हरुलाइ साथमा भेटनरी औसधी पनि प्रर्दान गरेका छन । बाख्रा पाउने किसान हरुको गरिवि न्युनिकरणमा सहयोग पुग्ने र आयआर्जनमा मद्दत पुग्ने अधिकृत कुरमार परियारले जानकारी दिएका छन । बाख्रा पाय पछि किसान भने खुसिभएका छन । यस्ता कार्यक्रमले गरिव हरुलाइ राहत हुने तिलागुफाका किसान हरु वताउछन । संस्था प्रति आफुहरु खुसी भएको किसानहरु वताउछन ।

