सिँजादर्पण ।। नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती भारतका नेपालीभाषी भएका सिक्किम, दार्जिलिङ लगायत क्षेत्रमा भव्य तरिकाले मनाउने गरिएका खबर बर्सेनि सार्वजनिक हुने गर्छन्। सिक्किममा त भानु जयन्तीका दिन सार्वजनिक बिदा पनि दिइन्छ।भानु जयन्तीको सन्दर्भमा सिक्किमका वर्तमान मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीले नेपालीसँग गरेको कुराकानीमा भानु जयन्तीलाई विशेष महत्त्व दिने गरेको झल्किन्छ।भानु जयन्ती, सांस्कृतिक र साहित्यिक महोत्सवका रूपमा सिक्किम, दार्जिलिङका पहाडमा नेपालीभाषी समुदायबीच उत्साहका साथ मनाइन्छ।नेपाली भाषालाई लोकप्रिय बनाउन महत्त्वपूर्ण भूमिका खेलेका आदिकविलाई यहाँ प्रख्यात कवि, अनुवादक र प्राज्ञका रूपमा हेरिन्छ।असार २९ गते नेपालको तनहुँ जिल्लाको चुँदी रम्घामा जन्मिएका भानुभक्तको सबैभन्दा ठूलो योगदान वाल्मिकी रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गरेर ठूलो जनसङ्ख्यामा पुर्याउनु रहेको मानिन्छ।नेपाल र नेपालीभाषी भारतीय क्षेत्रमा भाषा तथा साहित्यमा उनको ठूलो प्रभाव छ। नेपालमा पनि विभिन्न कार्यक्रम गरि भानुजयन्ती मनाएका छन ।
