काठमाण्डौँ ।।। दक्षिण अफ्रिकाको जोहानेसबर्गमा एउटा भवनमा भएको आगलागीमा कम्तीमा ७३ जना मानिसहरूको मृत्यु भएको छ। घटनामा थप ५० जना घाइते भएका छन्।आपत्कालीन सेवाका प्रवक्ता रोबर्ट मुलाउड्जीले हताहत हुनेको सङ्ख्या पुष्टि गर्दै भवनमा खोजी र उद्धार कार्य भइरहेको । पाँच तल्ले उक्त भवनमा आगलागी हुनुको कारण अझैसम्म खुल्न नसकेको अधिकारीहरूले बताएका छन्।आपत्कालीन सेवाले बताए अनुसार जोहानेसबर्गको मध्य भागमा रहेको उक्त भवनमा दिउँसो १स्३० बजे आगो सल्किएको थियो। अधिकारीहरूका अनुसार अग्नि नियन्त्रकहरूले भवनमा रहेका केही मानिसहरूलाई उद्धार गरेको बताएका छन्। उनीहरूका अनुसार भवनबाट बाहिर निस्कन नसकेका मानिसहरूको उद्धार चलिरहँदा मृतकको सङ्ख्या पनि बढ्ने क्रममा देखिएको छ।
उक्त भवनमा बस्ने अधिकांश मानिसहरू बसोबासको कागजपत्र नभएका आप्रवासी भएको विवरणहरू आएका छन्कसरी हुन्छ बिजुलीबाट आगलागी वा दुर्घटना, क्षति घटाउने उपाय आगो लागेको भवनमा चढेर दम्पती र शिशुको नाटकीय उद्धार जोहानेसबर्गको आपत्कालीन सेवाका एक जना प्रवक्ताले प्रयोगविहीन अवस्थामा छाडिएको उक्त भवनमा पछिल्लो समय घरबारविहीन अवस्थामा रहेका मानिसहरू बस्ने गरेको बताएका छन्।आपत्कालीन सेवाका अधिकारीहरूले उक्त घरमा थपिएका अस्थायी संरचना र भग्नावशेषको थुप्रोका कारण उद्धार कार्यमा कठिनाइ भएको बताएका छन्। अफ्रिका टेलिभिजन च्यानलका अनुसार उक्त आगलागीमा परेर मृत्यु भएका मानिसहरूको शव पहिचान गर्न नसकिने गरी जलेको पाइएको छ। भवनको स्वामित्व नगरको l
