सिँजादर्पण जुम्ला l बझाङमा केन्द्रविन्दु वनाएर आएको भुकम्पले पश्चिम नेपालका जिल्लाहरुमा पनि भुकम्पले भौतिक रुपमा क्षती पुगेको स्थानिय नागकि हरुले वताएका छन । जुम्ला कनकासुन्दरी गाउँपालिका वडान ६का स्थाननिय पत्रकार टेक वहादुर हमालको घरमा पनि क्षती पुगेको छ । हमालको वस्ने घर भत्के पक्षि पविारहरु असुरक्षित भएको हमालले वताए । भुकम्प सगै वर्षा भएकाले साझ पख वस्न पनि त्रास भएको उनको गुनासो छ । जुम्लामा वालि भित्राउने वेला भएकाले किषान हरु लाइ कामको चटारो एकातिर छ भने अर्कातिर बर्षातले दुख दिएको किसानको गुनासो छ । पटक पटक भुकम्प आउनाले ०७२ सालको भुकम्पको त्रास अझै आउने चिन्ता पत्रकार हमाल वताउछन ।
