सिँजादर्पण काठमाणडौँ।। एरिका गुरुङले करातेमा पाइला अगाडि बढाएको धेरै भएको छैन। उनी राष्ट्रिय कराते टोलीकी ुनयाँु अनुहार हुन्।अन्तर्राष्ट्रिय सफलता पाउन खेलाडी वर्षौँ तपस्या गर्छन्। विजयरपराजयका लामो अनुभवबाट निखारिएपछि बल्ल पदकका लागि योग्य बन्छन्। त्यस्ता ुस्टारु खेलाडीहरू पदकका दाबेदार पनि हुन्छन्।तर एरिका गुरुङले सफलताको परिचय नै बदलिदिएकी छिन्।एरिकाले यसअघि न कुनै दक्षिण एशियाली खेलकुदमा खेलेकी थिइन्, न त यसअघि कहिल्यै राष्ट्रिय टिममा नै परेकी थिइन्।अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको कुरा गर्ने हो भने हालै मात्र उनी पहिले इन्डोनेशियामा विश्व कराते च्याम्पियनशिप खेलेर उतैबाट चीन पुगेकी थिइनन् ।र, पहिलो पटक राष्ट्रिय टोलीमा परेकी उनले पहिलो सहभागिता ९इन्डोनेशियासहित दोस्रो मा नै यस्तो परिपक्व खेल पस्किन् कि नेपालले एशियाली खेलकुदमा करातेबाट ऐतिहासिक रजत पदक प्राप्त गर्यो।जितपछि उनले सहज रूपमा भनिन्, राम्ररी खेल्ने हो भने त एशियाली खेलकुदमा पनि स्वर्ण पदक जित्न सकिनेरहेछ।भर्खर १९ वर्ष पुगेकी एरिका नेपाली खेलकुदको नयाँ स्टारकी रूपमा उदाएकी छिन्।
