सिँजादर्पण काठमाण्डौँ ।। उत्तर कोरियाली नेता किम जङ अन र दक्षिण कोरियाली राष्ट्रपति यून सुक यउलतस्बिर । दुई देशबीच अप्रिय प्रकृतिका भनाभनको घटनाको सङ्ख्या गत एक वर्षदेखि बढ्दै गएको देखिएको छ ।उत्तर र दक्षिण कोरियाबीच तनाव चर्कँदै जाँदा दक्षिण कोरियाली राष्ट्रपति यून सुक यउलले यदि आफ्नो देशलाई उक्साउने गतिविधि भएमा उत्तर कोरियालाई ‘ठूलो बलको प्रयोग गरेर’ जवाफ दिने चेतावनी दिएका छन्।
उत्तर कोरियाली सर्वोच्च नेता किम जङ अनले एक भाषणमा आफ्नो देशको संविधानमा परिवर्तन गरेर दक्षिण कोरियालाई ‘मुख्य दुस्मन र प्रधान शत्रु’ का रूपमा व्याख्या गरिनुपर्ने बताएका विवरणका माझ दक्षिणका राष्ट्रपतिको त्यस्तो प्रतिक्रिया आएको छ।
उनले त्यस्तो परिवर्तन गरिँदा युद्ध भएको खण्डमा दक्षिण कोरियाली भूभाग उत्तरमा गाभ्न सकिने व्यवस्था पनि गरिनु पर्ने टिप्पणी गरेका थिए।
छोरी नै किम जङ(अनकी सम्भावित उत्तराधिकारी स् दक्षिण कोरियाली गुप्तचर निकाय
५ जनवरी २०२४ उत्तर कोरियाले चाँडै जासुसी भूउपग्रह प्रक्षेपण गर्ने २१ नोभेम्बर २०२३उत्तर कोरियाको सरकारी समाचार एजेन्सी ुकेसीएनएुका अनुसार सोमवार एउटा महत्त्वपूर्ण संसदीय बैठकलाई सम्बोधन गर्दै नेता किमले दक्षिण कोरयालाई मेलमिलाप र एकीकरणको उद्देश्यका निम्ति आफ्नो देशको सहयात्रीका रूपमा परिभाषित नगर्न कानुनी उपायहरू तयार पार्न आग्रह गरेका थिए।
जबाफमा दक्षिण कोरियाका राष्ट्रपतिले भनेका छन्, “उत्तर कोरयाली अधिकारीहरूले दक्षिण र उत्तर कोरियालाई समान मूल भएका देशका रूपमा नभई दुई शत्रुतापूर्ण सम्बन्ध भएका राष्ट्रका रूपमा व्याख्या गरेका छन्। यसबाट उत्तर कोरियाली सत्ताले आफ्नो चरित्र राष्ट्रविरोधी र इतिहासविरोधी रहेको स्वीकार गरेको छ। यो कोरियाली गणतन्त्रलाई विभाजित तुल्याउने र हाम्रा जनताको मनमा संशय उत्पन्न गराउने राजनीतिक उक्साहट हो।”उनले “दक्षिण कोरियाले एकजुट भएर उत्तरको भ्रमपूर्ण गतिविधि र मिथ्या प्रचारलाई पराजित गर्नुपर्ने” पनि बताए।उत्तर कोरियाली सर्वोच्च नेताबारे हामीलाई थाहा नभएका पाँच कुरापुटिन र किम ुआवश्यकतापरेको बेलाका साथी यसैबीच उत्तर कोरियाले अन्तरकोरियाली संवाद र सहकार्य प्रवर्धन गर्ने उद्देश्य बोकेका तीनवटा निकायलाई पनि भङ्ग गरिदिएको छ।दुई देशबीच यस्ता अप्रिय प्रकृतिका भनाभनको घटनाको सङ्ख्या गत एक वर्षदेखि बढ्दै गएको देखिएको छ।ती देशबीचको सम्बन्ध निम्न बिन्दु मा पुगेको छ र दुवैले आआफ्ना सैन्य क्षमतालाई पनि बढाउँदै लगिरहेका छन्।
