सिँजादर्पण काठमाण्डौँ । पाकिस्तानको बलोचिस्तान प्रान्तमा दुईटा बम विस्फोटन हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।पाकिस्तानमा बिहीवार निर्वाचन हुन लागेको छ।पहिलो विस्फोटन पिशिन जिल्लामा एक स्वतन्त्र उम्मेदवारको कार्यालयअगाडि भएको थियो। त्यसमा परी १४ जनाको मृत्यु भयो।दोस्रो विस्फोटन त्यहाँबाट १५० किलोमिटर टाढा अवस्थित किल्ला सैफ उल्लाह जिल्लामा भएको बताइएको छ। त्यसमा परी आठ जनाको मृत्यु भयो। दुवै घटनामा कैयौँ मानिसहरू घाइते भएका छन्।पाकिस्तानमा नवाज शरिफ के फेरि प्रधानमन्त्री बन्न लागेका हुन् ६ फेब्रुवरी २०२४ पाकिस्तानका पूर्वप्रधानमन्त्रीले कसरी जेलबाटै चुनाव जित्ने योजना बनाइरहेका छन् ४ फेब्रुवरी २०२४पाकिस्तानमा निर्वाचनको पूर्वसन्ध्यामा हिंसात्मक घटनाहरू भएका छन् भने धाँधली गरिएको वा हुन लागेको आरोप पनि लगाइएको छ।पिशिनमा भएको आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिइसकेको छैन। पिशिन प्रान्तीय राजधानी क्वेटाबाट ५० किलोमिटर टाढा र अफगान सीमाबाट १०० किलोमिटर दक्षिणपूर्वमा छ।त्यहाँ २५ जना घाइते भएको अधिकारीहरूले बताएका छन्।
