काठमाडौं । सांसदहरुले नेपाल–भारत खुला सीमाका कारण राष्ट्रिय सुरक्षामै असर गरेको भन्दै बन्द गर्न माग गरेका छन् ।खुला सीमाकै कारण मानव तस्करी, लागू पदार्थ ओसारपसार निरन्तर भइरहेको, रोहिङ्ग्या लगायतका शरणार्थी समूह नेपाल आएको र पछिल्लो समय नेपालीहरु रुस र युक्रेन युद्धमा पुगेको उनीहरुले बताएका छन् ।जवाफमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने खुला सीमा बन्द गर्ने निर्णय तत्काल गर्न नसक्ने बताएका छन् ।आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरीबीच भएको कुटाकुटबारे छलफल गर्न गृह ठमेलतिर त्यस्तै छ । गोपीकृष्ण हल एरियामा समेत बेलुकी ९ बजेपछि हिड्न गाह्रो छ’ उनले अगाडि भने, ‘तेस्रोलिंगीले मान्छेलाई दुःख दिएर हैरान गर्छन् ।’उनले रोहिङ्ग्याहरु कपन एरियामा समेत रहेको बताए । उनले प्रश्न गरे, ‘त्यस एरियामा को आएर बसिरहेको छ भन्ने नेपाल सरकारको जानकारीमा छ कि छैन रुउत्तरी चीन सीमाबाट समेत अवैध रुपमा विदेशीहरु नेपाल भित्रिरहेको बताए । तर अनुहार लगायतका कारण उनीहरुलाई सहजै चिनिने गरेको तामाङले सुनाए ।लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का सांसद सर्वेन्द्रनाथ शुक्लले नेपाल अवैध कारोबारको हब बन्दै गएको बताए । सीमा नियन्त्रित नभए अवैध कारोबार अझ बढ्ने र यसले नेपालको अर्थतन्त्रमा समेत असर पार्ने उनको बुझाइ छ l नेपालमा अवैध कारोबार मौलाए छिमेकी मुलुकहरु प्रभावित हुनसक्ने र त्यसलाई देखाएर नेपालसँगको सम्बन्धमा थप आशंका गर्ने अवस्था आउन सक्ने उनको चिन्ता छ ।‘जुनसुकै कोणबाट हेर्दा पनि खुला सीमा नेपालको सन्दर्भमा कमजोरी बन्दैछ । यसलाई तत्काल नियन्त्रित गर्नुपर्ने देखिन्छ’ उनले भने, ‘केही नभएपछि नेपाल र भारत आवत जावत गर्नेहरुको रेकर्ड राखौं ।’
एमाले सांसद पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारितामा जोड दिए । सीमा, विमानस्थल, भिसा लगायतलाई सम्बोधन गर्ने गरी राष्ट्रिय सुरक्षा नीति बन्नुपर्ने उनले बताए ।त्यस्तो नीति सँगसँगै सीमा क्षेत्रमा पर्याप्त चेकजाँच केन्द्र बनाउनुपर्नेमा उनको जोड छ । एमाले उपमहासचिव गुरुङले भने, ‘एउटा स्पष्ट नीतिका साथ अगाडि बढ्ने र पर्याप्त चेक प्वाइन्टहरु सीमा क्षेत्रमा राख्ने हो भने धेरै समस्याहरु हल हुन्छन् ।’
सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले सीमामा समस्या रहेको स्वीकार गरे । तर, सांसदहरुले भने माग गरेजस्तो तत्काल नेपाल भारत खुला सीमा बन्द गर्ने निर्णयमा सरकार पुग्न नसक्ने जवाफ दिए ।
‘
