सिजादर्पण ,।रूसी सरकारका आन्तरिक दस्तावेजहरूले पनि रूसले पश्चिमा कम्पनीहरूलाई पश्चिम अफ्रिकी मुलुकहरूबाट विस्थापित गर्न त्यहाँका खानीसम्बन्धी कानुनहरूमा परिवर्तन गराउने प्रयत्न गरिरहेको देखाएका छन्।गत वर्षको असफल कू प्रयासपछि विघटन गरिएको वाग्नर सैन्य समूहको व्यवसाय ग्रहण गर्ने प्रक्रिया अन्तर्गत रूसी सरकारले यस्तो कार्य अगाडि बढाउँदै छ।रुसी राष्ट्रपति पुटिन रुसी राष्ट्रपति पुटिन वास्तवमै पक्राउ पर्न सक्छन् यी देशमा सरकार चलाइरहेका सैनिक शासकहरूले पनि रूसको सैन्य उपस्थिति लाभदायक मानेका छन्।यी सैनिकहरूले सङ्क्रमणकालीन सरकार मात्र चलाउनु पर्ने थियो। यिनीहरूले सक्दो छिटो निर्वाचन गरि लोकतन्त्र पुनर्व हाली गर्नुपर्ने थियो।तर अब यो रूसी अर्धसैन्य सङ्गठन यी शासकहरूलाई टिकाउन आएका छन्। अब उनीहरू जहिलेसम्म मन लाग्छ तबसम्म सत्तामा बस्न सक्दछन्।फ्रान्सेली सेनालाई देश छोड्न आदेश दिएसँगै माली आन्तरिक सुरक्षाका लागि पूर्ण रूपमा वाग्नरमाथि निर्भर बन्यो। मालीका जनताले यसको प्रभाव तत्कालै महसुस गरिसकेका छन्।
