सिँजादर्पण काठमाडौं । आयरल्याण्ड ए विरुद्धको टी–२० अभ्यास खेलमा नेपाल एका सागर ढकालले ३ विकेट लिएका छन् ।टस हारेर ब्याटिङ गरेको आयरल्याण्ड ए का जेम्स म्याकुलम, रस आदिर र स्टिफन डोहेनीलाई आउट गरेका हुन् ।सागरले पहिलो विकेट ३।५ औं ओभरमा जेम्स म्याकुलमको लिए र त्यस्तै ६।२ औं ओभरमा रस आदिरलाई आउट गरे । तेस्रो विकेटका रुपमा उनले ८।१ औं ओभरमा स्टिफन डोहेनीलाई आउट गरेका छन् lत्यस्तै ८।३ औं घरमा पिटर मुर पनि सागर ढकालकै बलमा रनआउट भएका छन् । सागरले ३ ओभर बलिङ गर्दा १५ रन खर्चेर ३ विकेट लिएका छन् ।
