सिँजादर्पण काठमाण्डौँ ।। हाल सीटीईभीटीबाट सम्बन्धन प्राप्त ५२ वटा शिक्षण संस्थाले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्दै आएका छन् । हरेक वर्ष दुई हजार बढी सिट संख्या २०८०० नर्सिङ पढ्ने गरेका छन् । चिकित्सा शिक्षा आयोगका अनुसार अब जनरल नर्सिङ कार्यक्रम सुरु गर्ने र पीसीएल नर्सिङ कार्यक्रमलाई क्रमशः फेजआउट गर्दै लैजाने जिम्मेवारी सीटीईभीटीको हुनेछ । आयोगका उपाध्यक्ष डा। झाले भने, ‘अब आयोगले सीटीईभीटीलाई पत्र लेख्छ । त्यसपछि उसले कार्यान्वयनमा लैजानुपर्ने हुन्छ ।’सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र भण्डारी भने पीसीएल कार्यक्रम तत्कालै विस्थापन गर्नसक्ने अवस्था नरहेको बताउँछन् । ‘भोलिका दिनमा जनरल नर्सिङ कार्यक्रममा विद्यार्थीको आकर्षण बढ्दै गयो, गुणस्तरीय शिक्षाको अभ्यास भयो भने विस्तारै पीसीएल तहको कार्यक्रम फेजआउट गर्ने तयारी हो,’ भण्डारीले भने ।
कक्षा १२ पास गरेका विद्यार्थीहरुले पढ्न पाउने नयाँ नर्सिङ कोर्स सुरु हुने भएको छ । ‘जनरल नर्सिङ कार्यक्रम’ को अवधि दुई वर्षको हुनेछ ।नर्सिङ विधाबारे अध्ययन गरेर सुझाव दिन प्रा।डा। कुन्तादेवी पुनको नेतृत्वमा बनेको कार्यदलले दिएको सुझावअनुसार जनरल नर्सिङ कार्यक्रम सुरु गर्न लागिएको चिकित्सा शिक्षा आयोगले बताएको छ ।
९ चैतमा बसेको आयोगको १३औं बैठकले कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसअनुसार विद्यालय शिक्षा ९कक्षा १२० पछि स्वास्थ्य कार्यक्रम सुरू गर्न लागिएको आयोगका उपाध्यक्ष डा। अञ्जनीकुमार झाले बताए । ‘आगामी शैक्षिक सत्रबाट कक्षा १२ पछि नर्सिङ कार्यक्रम सुरू गरिनेछ’ उनले अनलाइनखबरसँग भने, ‘यसका लागि पाठ्यक्रम तयार भइरहेको छ ।’
हाल माध्यमिक शिक्षा परीक्षा ९एसईई० पास गरेपछि प्रविणता प्रमाणपत्र ९पीसीएल० नर्सिङ कार्यक्रम पढ्न पाइन्छ । सीटीईभीटी अन्तरगतको यो शैक्षिक कार्यक्रम तीन वर्र्षे हो । पीसीएल गरेपछि ब्याचलर अफ नर्सिङ साइन्स ९बीएनएस० अध्ययन गर्न पाइन्छ, यो पनि ३ वर्षे शैक्षिक कार्यक्रम हो । विज्ञान संकाय लिएर कक्षा १२ पास गरेका विद्यार्थीका लागि चारवर्षे बिएसी नर्सिङ कार्यक्रम सञ्चालन छ ।संविधान २०७२ कार्यान्वयनको क्रममा २०७५ सालमा संसदले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन बनायो, जसले ९ देखि १२ कक्षालाई माध्यमिक शिक्षा तोक्यो । त्यसलाई आधार बनाएर नर्सिङ कार्यदलले नर्सिङ कार्यक्रम पनि माध्यमिक शिक्षा पुरा गरेपछि मात्र सञ्चालन गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको छ । माध्यमिक शिक्षा पूरा गरेपछि नर्सिङ कार्यक्रम सुरू गर्दा तर्कसंगत चिन्तन र प्रमाणमा आधारित निर्णय लिने क्षमताको विकास हुने कार्यदलका सदस्य तथा नेपाल नर्सिङ काउन्सिलको अध्यक्ष सरला केसी बताउँछिन् ।
