सिँजादर्पण जुम्ला ।। यतिवले नेकपा (एमाले)का देशै भरि जिल्ला अधिवेन भैरहेका छन । यसै सन्दर्भमा बैशाख १५ र १६ गते नेकपा एमाले जिल्ला कमिटिको जुम्लाको ९औँ अधिवेसन हुने भयकोछ । एकार्यक्रमका प्रमुख अतिथि महासचिव शंकर पोख्रेलले गर्ने गर्नु हुनेभयको छ । विषेश अतिथि , केन्द्रिय शचिव लेखराज भट्ट, पिविएम मोहन बानियाँ, कर्णाली प्रदेशका अध्यक्ष गुलाव जंङ शाहा, केन्द्रीय सदस्य रतन नाथ योगी ,अतिथि, पुर्व सामाजिक मन्त्री एवं जुम्ला(ख)का मा.टेकराज पछाईको उपस्थिति रहने भयको छ । अधिवेशनका लागि पुर्ण रुपमा तयारी भैरहको जिल्ला जुम्लाका सचिवालय सदस्य सुमन आचार्यले सिँजादर्पणलाइ वाताए । उनका अनुसार ५ वटा उपसमिति गठन भएकाछन । बैशाख १५ गते कार्यक्रम उद्घाटन हुने र १६ गते वन्दसत्र हुने भयको छ । आचार्यका अनुसार जुम्लाका आठओटै स्थानिय तहवाट र जनवर्गिय संगठन वाट ३४४ जना प्रतिनिधि छनौट भएका जिल्ला सचिव जुम्लाका मान वहादुर रोकायाले वताएका छन ।
