सिँजादर्पण काठमाण्डौँ ।। चीनले नेपाली नागरिकलाई भिसा शुल्क नलिने निर्णय गरेसँगै यसले दुई देशबीचको नागरिकस्तरको सम्बन्ध सहजीकरण गर्ने अधिकारीहरूले बताएका छन्।काठमाण्डूस्थित चिनियाँ राजदूतावासले आइतवार बताएअनुसार १ मे २०२४ मा बाट चिनियाँ भिसाका लागि शुल्क नलिने निर्णय भएको छ।पछिल्लो सरकारी कदमले व्यापार, शिक्षा र पर्यटनजस्ता क्षेत्रमा नेपालीहरूलाई फाइदा पुर्याउन सक्ने अपेक्षा गरिएको छ।
यद्यपि ुहेन्ली पासपोर्ट इन्डेक्सुले नेपाली राहदानीलाई संसारकै कमजोर राहदानीको रूपमा सूचीकृत गरेको छ।यसमा १९९ देशलाई १०७ स्थानमा विभाजन गर्दा नेपाल लिबियासँगै १०१ औँ स्थानमा छ।तस्बिरको क्याप्शन,नेपालीका लागि चीन प्रवेश गर्ने भिसा निःशुल्क गर्न आफूले कुरा उठाएको उपप्रधान तथा परराष्ट्रमन्त्रीले जनाएकाछन नेपालले केही वर्षयता चिनियाँ र सार्कका कतिपय राष्ट्रका नागरिकहरूलाई यो सुविधा दिँदै आएको छ।हालैका वर्षहरूमा नेपालमा सर्वाधिक धेरै पर्यटकहरू आउने दोस्रो प्रमुख मुलुक चीन हो। सन् २०१९ मा झन्डै १ लाख ७० हजारको सङ्ख्यामा चिनियाँ पर्यटकले नेपालको भ्रमण गरेपनि कोभिड(१९ महामारीले त्यसलाई प्रभावित तुल्याएको थियो।सन् २०२३ मा चिनियाँ पर्यटकको सङ्ख्या ६० हजार नाघेको थियो।परराष्ट्र मन्त्रालयका अनुसार थप चिनियाँ पर्यटक आकर्षित गर्न सन् २०१६ को ज्यानुअरी १ बाट नेपालमा चिनियाँ पर्यटकहरूलाई भिसा शुल्क मिनाहा भएको छ।उक्त व्यवस्था अनुसार नेपालमा १५० दिनसम्म बस्दा चिनियाँ नागरिकहरूले भिसा शुल्क बुझाउनुपर्दैन।त्यसको आठ वर्षभन्दा बढी अवधिपछि अहिले आएर चीनले पनि नेपाली नागरिकको हकमा नेपालले जस्तै व्यवस्था कार्यान्वयनमा ल्याएको हो।चिनियाँ राजदूतावासले वेबसाइटमा राखेको सन्देश अनुसार मित्रता प्रवर्द्धन गर्न र जनस्तरको आदानप्रदानलाई थप सहजीकरण गर्न भिसा शुल्क नलिने निर्णय भएको हो।तर द्रुत भिसा लिँदा भने आवश्यक सेवासम्बन्धी शुल्क लाग्ने दूतावासको भनाइ छ। नेपालबाट चीनका लागि ुएक्सप्रेस २ु भिसा लिँदा २७ सय रुपैयाँ र ुएक्सप्रेस १ु भिसा लिँदा चार हजार रुपैयाँ लाग्ने पछिल्लो सूचनामा जनाइएको छ।चीनको निर्णयपछि बेइजिङस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालले चिनियाँ नागरिकहरूलाई दिँदै आएको जस्तो सुविधा चीनले नेपाललाई पनि दिएको भन्दै प्रसन्नता जनाएका छन्।
