सिँजादर्पण काठमाण्डौँ ।। गत जुन १ देखि सुरु भएको टी २० क्रिकेट विश्वकपमा मङ्गलवार नेपाल नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गर्दै छ।खेलको पूर्वसन्ध्यामा नेपाली टोलीका कप्तान रोहित पौडलले यो विश्वकप नेपालका लागि विश्वसामु आफ्नो क्षमता प्रस्तुत गर्ने ठूलो अवसर रहेकोले राम्रो खेल प्रदर्शन गर्न चाहेको बताएका छन्।प्रशिक्षक मोन्टी देसाईले नेपाल विश्वकपमा पुग्ने मात्र नभई उत्तिकै राम्रो गर्न सक्छ भन्ने महसुस गराउनु आफूहरूको मूल उद्देश्य रहेको बताए।झन्डै १५ हजार क्षमता रहेको अमेरिकास्थित ड्यालसको ग्रान्ड प्रेरी क्रिकेट रङ्गशालामा नेपाली प्रशंसकहरूको ठूलो उपस्थिति रहने अनुमान छ।
