सिँजादर्पण काठमाण्डौँ ।। बायाँतिर क्यारिबियन महासागर, दायाँतिर प्रयोग नगरिएको एउटा पुरानो विमानस्थल। अनि धावनमार्गमा गाडी पार्किङ गर्ने ठाउँ। सेन्ट भिन्सेन्टमा यी दुईको स्थानको बीचमा आर्नोस भाले क्रिकेट रङ्गशाला छ।संयुक्त राज्य अमेरिकामा भन्दा यहाँ क्रिकेटको फरक वातावरण छ। वेस्ट इन्डिजको प्रख्यात ‘कलिप्सो’ धुन र क्रिकेटप्रति मरिहत्ते गर्ने मानिसहरूको सम्मिश्रण यहाँ अनुभूति गर्न सकिन्छ।नेदरल्यान्ड्स र बाङ्ग्लादेशबीचको खेलमा अनुभव भएको अर्को कुरा के हो भने यहाँको मैदान स्पिन बलिङका लागि अनुकूल छ।यही मैदानमा शनिवार बिहान नेपाल र दक्षिण अफ्रिकाबीच टी२० विश्वकप क्रिकेटको ३१ औँ खेल हुने छ।
१३ जुन २०२४ क्रिकेट खेल्ने आश त्यागेर अमेरिका गएका सौरभ नेत्रावल्कर टी२० विश्वकपमा चम्किँदै
१३ जुन २०२४ असोसिएट राष्ट्र नेपालले दक्षिण अफ्रिकाजस्तो टेस्ट राष्ट्रसँग खेल्ने अवसर हतपत जुर्दैन। विश्वकपमा २० राष्ट्र सहभागी गराउँदा नेपालको समूहमा तीनवटा टेस्ट खेल्ने राष्ट्र परशनिवार दक्षिण अफ्रिकाविरुद्ध खेलेपछि नेपालको अन्तर्राष्ट्रिय प्रतिद्वन्द्वीको सूचीमा एउटा टेस्ट राष्ट्र थपिने छ।
नेपालजस्तो टोलीले प्रगति गर्दै आएकोमा दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिसो रबाडाले खुसी व्यक्त गरे।लीगको तीन खेल जित्दै ुसुपर ८ मा स्थान बनाइसकेको दक्षिण अफ्रिकामा विश्वस्तरीय खेलाडीहरू छन्।एडेन मार्क्रमको कप्तानीमा रहेको टोलीमा क्विन्टन डिुकक, हेनरिक क्लासन, डेभिड मिलरजस्ता ब्याटर छन्। रबाडा, मार्को यान्सन, जेरल्ड कोयट्जीजस्ता तीव्र गतिका बलर र स्पिन बलिङमा केशव महाराज र तबरेज साम्सी छन्।दक्षिण अफ्रिकाले नेपालविरुद्ध तीव्र गतिको आक्रमण गर्न रणनीति लिन सक्ने सम्भावना बढी देखिन्छ।नेपालका कप्तान रोहित पौडेलले विश्वकपको मञ्चमा क्षमतानुसार प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।खेल हुने अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, “ दक्षिण अफ्रिका उच्त स्तरको टोली हो। टोलीलाई हराउन हाम्रा एक(दुई खेलाडीहरुले मात्र राम्रो प्रदर्शन गरेर पुग्दैन। सम्पूर्ण टोली नै सङ्गठित हुनु जरुरी छ। त्यसो गर्न सके हामीले दक्षिण अफ्रिकालाई हराउन सक्छौँ।”दक्षिण अफ्रिका ुसुपर ८ु मा पुगिसकेको हुनाले उसले नेपालविरुद्धको खेलमा आफ्ना केही महत्त्वपूर्ण खेलाडीहरुलाई आराम दिन सक्छ।अमेरिकाको भिसा नपाएका सन्दीप लामिछाने टी२० क्रिकेट विश्वकप खेल्न वेस्ट इन्डिजमा १० जुन २०२४ टी२० विश्वकपमा नेपालले ‘अप्रत्याशित नतिजा निकाल्न सक्ने’ महिला क्रिकेटरको आशा
४ जुन २०२४
नेपालको रणनीति कस्तो
पत्रकार सम्मेलनमा बोल्दै रबाडाले आफूलाई नेपालबारे धेरै थाहा नभएको बताए। तर आफ्नो “टोलीले नेपाली खेलाडीको बारेमा बुझिसकेको” उनको भनाइ थियो।नेपालका कप्तान रोहित पौडेलले भने, “दक्षिण अफ्रिकाले राम्रो क्रिकेट खेलेको छ। सुपर ८ पुग्न दुवै खेल जित्नुपर्छ भन्ने हामीलाई थाहा छ।”
उनले नेपाली टोलीका अधिकांश सदस्यले पहिलो पटक विश्वकप खेलिरहेको उल्लेख गर्दै र समर्थनको विश्वास पाउने अपेक्षा गरे।
‘नेपालले टी२० विश्वकपमा यसकारण बलिया प्रतिस्पर्धीलाई हराउन सक्छ’
३० मई २०२४
नेपालले पहिलो पटक टी २० विश्वकप खेल्दा अफगानिस्तानलाई दियो माथ, पारसले सोधेका थिए यस्ता प्रश्न
२५ मई २०२४
मैदानको अवस्था हेर्दा दक्षिण अफ्रिकासँगको खेलमा १६० रन जतिको लक्ष्य उपयुक्त हुन सक्ने भन्दै उनले सन्दीप लामिछानेको उपस्थितिसँगै त्यति रन जोड्न सके प्रतिद्वन्द्वी टोलीका लागि त्यो चुनौती हुन सक्ने बताए।
उनले नेपाली टोलीले बलिङमा राम्रो गरिरहेको भन्दै ब्याटिङमा सबै खेलाडीले राम्रो योगदान गर्नुपर्ने धारणा व्यक्त गरे।
विश्वकपमा सन्दीप लामिछानेको पहिलो खेल

तस्बिरको क्याप्शन,अमेरिकामा भएका दुई खेलमा सहभागी हुन नपाएका सन्दीप लामिछाने दक्षिण अफ्रिकासँग खेल्न गत साता वेस्ट इन्डिज पुगेका थिए
बुधवार पनि फ्लोरिडामा दिनभरि वर्षा भएका कारण नेपाली टोली फ्लोरिडामै रोकिएको थियो। टोली बिहीवार दिउँसो मात्र सेन्ट भिन्सेन्ट पुगेको हो।
सन्दीप लामिछानेले त्यहीँ टोलीमा सहभागी भएर साँझ सेन्ट भिन्सेन्टमा केही समय अभ्यास पनि गरे।टोलीमा लेगस्पिनर सन्दीप लामिछानेसँगै ललितनारायण राजवंशी र सागर ढकाल छन्।नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा प्रशिक्षक मोन्टी देसाईले राजवंशीलाई बेन्चमा राख्दै युवा सागर ढकाललाई मौका दिइएको थियो।अब सन्दीप लामिछानेसँगै अनुभवी स्पिनर ललितनारायण राजवंशीलाई दक्षिण अफ्रिका विरुद्धको खेलमा खेलाइने सम्भावना धेरै देखिएको छ।यसअघि सन्दीप लामिछानेसँग कतिपय दक्षिण अफ्रिकाका खेलाडीले खेलिसकेका छन्।
