सिँजादर्पण काठमाण्डौँ ।। श्रीलङ्कामा शुक्रवारबाट सुरु भएको एशियाली महिला क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता ‘विमिन्स एशिया कप’ को उद्घाटन खेलमा नेपाली टोलीले युएईलाई छ विकेटले पराजित गरेको छ।पाँच महिनाअगाडि यूएई एसीसी प्रिमिअर कपको विजेता बनेको थियो। उसले शुक्रवारको खेलमा नेपाललाई ११६ रनको लक्ष्य दिएको थियो, जसलाई नेपाली टोलीले १६।१ ओभरमा पूरा गर्यो।दाम्बुल्ला रङ्गशालामा टस जितेर पहिले फील्डिङ रोजेको नेपालविरुद्ध यूएईले २० ओभरमा आठ विकेट गुमाउँदै ११५ रन जोडेको थियो।जबाफमा नेपालले १६।१ ओभरमा लक्ष्य पूरा गर्यो।नेपालबाट कप्तान इन्दु वर्माले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिइन् भने ब्याटिङमा सम्झना खड्काले अविजित रहँदै सर्वाधिक ७२ रनको पारी खेलिन्।
उनले ४५ बलमा ११ चौका प्रहार गरिन्।टी२० एशिया कप खेल्ने अनपेक्षित अवसर पाएको नेपाली महिला टोली कति बलियो
१८ जुलाई २०२४अर्को टी२० विश्वकप क्रिकेटको तयारीका लागि नेपालले के गर्नुपर्छ सम्झनाले ३६ बलमा आफ्नो अर्धशतक पूरा गरेकी थिइन्। सो क्रममा उनले आठ चौका प्रहार गरेकी थिइन्। यो सम्झनाको पहिलो अन्तर्राष्ट्रिय अर्धशतक हो।दाम्बुल्ला रंगशालामा टस जितेर पहिले फिल्डिङ रोजेको नेपाल विरुद्ध युएईले पूरा ओभर खेलेर ११५ रन जोडेको थियो।सम्झनाले सुरुआतदेखि नै आक्रामक रूप देखाउँदै स्कोर जोड्न थालेकी थिइन्।
उनलाई ओपनिङ पार्ट्नर सीता रानामगरले पूरापूर साथ दिइन्। तर सीता १७ बल खेलेर सात रनमा आउट हुन पुगिन्।
