सिँजादर्पण काठमाण्डौँ ।। हमासले आफ्ना प्रमुख नेता इस्माइल हानिया इजरेली कारबाहीमा तेहरानमा मारिएको जनाएको छ।हमासले एक विज्ञप्ति जारी गर्दै उनी मारिएको पुष्टि गरेको हो।तेहरानमा आफ्नै निवासमा रहेका हानिया इजरेली कारबाहीमा मारिएको भनिए पनि विस्तृत विवरण सार्वजनिक भएको छैन।अनुसार हानिया इरानका नवनिर्वाचित राष्ट्रपति मसूद पेजेस्कियानको पदभार ग्रहण गर्ने समारोहमा सहभागी हुन इरान गएका थिए।। उनको जन्म प्यालेस्टिनी शरणार्थी शिविरमा भएको थियो। उनी सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्रीको रूपमा नियुक्त भएका थिए। इजरेल(गाजा युद्धका क्रममा उनी कतारमा बस्दै आएका थिए।सन् १९८९ मा इजरेलले उनलाई तीन वर्ष जेलमा राखेको थियो। यसपछि उनलाई हमासका धेरै नेताहरूसँगै इजरेल र लेबनन बीचको ‘नो(म्यान्स ल्यान्ड’को रूपमा रहेको अल(जुहुरमा निर्वासनमा पठाइयो।आफ्नो निर्वासन पूरा गरेपछि उनी गाजा फर्किएका थिए। सन् १९९७मा उनी हमास आन्दोलनका आध्यात्मिक नेता शेख अहमद यासिनको कार्यालयको प्रमुख नियुक्त भए। जसले उनको राजनीतिक हैसियत उच्च बनाइदियो।हमासले उनलाई सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्री नियुक्त गरेको थियो। तर त्यसको एक वर्षपछि प्यालेस्टिनी न्याशनल अथोरिटीका प्रमुख महमूद अब्बासले उनलाई पदबाट बर्खास्त गरेका थिए।
हानियाले आफ्नो बर्खास्तीलाई असंवैधानिक भन्दै अस्वीकार गरे। उनले आफ्नो सरकारले नियमित कामलाई निरन्तरता दिने र प्यालेस्टिनी जनताप्रतिको आफ्नो जिम्मेवारीलाई नछोड्ने बताएका थिए।त्यसयता हानियाले फतहसँग मेलमिलापका लागि पटकपटक अपिल पनि गरेका थिए।सन् २०१७ मा हमासको राजनीतिक इकाई प्रमुखमा निर्वाचित भएका उनलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा आतङ्कवादी घोषणा गरेको थियो। विविसि वाट ।
