सिँजादर्पण काठमाण्डौँ ।।लामो समयदेखि बाङ्ग्लादेशमा प्रधानमन्त्री शेख हसिनाका राजनीतिक विपक्षी रहेका नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई देशको अन्तरिम नेता नियुक्त गरिएको छ।प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि बाङ्ग्लादेशमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न अघि सारिएको हो। राष्ट्रपतिले मङ्गलवार संसद् विघटन गरेका छन्।हाल ८४ वर्षका युनुसलाई अन्तरिम प्रधानमन्त्री बनाउन कैयौँ सातादेखि आन्दोलन गरिरहेका विद्यार्थी नेताहरूले समर्थन गरेका छन्।बाङ्ग्लादेशमा प्रधानमन्त्री हसिनाको सत्ता ढाल्ने आन्दोलनको झिल्को कसरी सल्कियो । पदत्याग गर्दै प्रधानमन्त्री शेख हसिना बाङ्ग्लादेशबाट पलायन भएपछि सेनाप्रमुख र राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने घोषणा गरेका थिए। गत ज्यानुअरीमा भएको निर्वाचनपछि गठित संसद्बाट हसिना पुनः प्रधानमन्त्री बनेकी थिइन्।विद्यार्थीले सुरु गरेको आन्दोलन हिंसात्मक हुँदा बाङ्ग्लादेशमा ४०० जना भन्दा धेरैको मृत्यु भएको थियो।विद्यार्थी नेताहरूले नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसलाई प्रमुख सल्लाहकारको रूपमा अन्तरिम सरकारको नेतृत्व दिन माग गरेका थिए।विद्यार्थीहरूले बाङ्ग्लादेशमा प्रजातन्त्र पुनर्स्थापना र सन्तुलनमा ल्याउन सक्ने l
मोहम्मद युनुसले सन् १९७० को दशकमा लघुवित्तको थालनी गर्ने व्यक्तिको परिचय बनाए। उनले आरम्भ गरेको लघुवित्तको अवधारणाले देशका कतिपय मानिसहरूलाई गरिबीको चरम अवस्थाबाट माथि उठ्न सहयोग पुग्यो। चटगाउँ विश्वविद्यालय नजिकैको गरिब गाउँमा घुम्न गएको समयमा उनी लघुवित्तको अवधारणाबाट प्रेरित भएका थिए। उनले केही दर्जन गाउँलेहरूलाई थोरैथोरै पैसा दिएर लघु व्यवसायको उद्यमी बन्न प्रस्ताव गरे। उनले एक पटकमा १०० डलरभन्दा कम मात्र पैसा दिए जुन परम्परागत ब्याङ्कहरूले दिने गरेका थिएनन्।उनको सहयोगमा सुरु गरिएका स्थानीय लघु उद्यमहरू निकै छिटो फस्टाए। सन् १९८०को दशकमा त्यसमा दशौँ हजार मानिसहरू सदस्य भए र त्यो ग्रामीण ब्याङ्क भयो।
