Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

रुसको भूमिमा घुसेर युक्रेनी सेनाले गरे आक्रमण


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, साउन ३१, २०८१

रुसको भूमिमा घुसेर युक्रेनी सेनाले गरे आक्रमण

 

सिँजादर्पण काठमाण्डौँँ । युक्रेनी सेना रुसको भूमिमा प्रवेश गरेका छन् । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जलेन्स्कीले आफ्ना सेना रुसको कुर्स्क क्षेत्रमा प्रवेश गरेको जानकारी दिएका हुन् ।

उनले बुधबार बेलुकी सामाजिक सन्जालमा लेखेका छन्, ‘युक्रेनी सेना रुसको कुर्स्क क्षेत्रमा विभिन्न दिशाबाट एकदेखि दुई किलोमिटर अगाडिसम्म घुसेको छ ।’ट्वीटर ९हाल एक्स०मा राष्ट्रपति जेलेन्स्कीले फोटो र भिडियोहरु पनि पोष्ट गरेका छन् । एउटा भिडियोमा जेलेन्स्कीले सेनाका शीर्ष कमाण्डर ओलेकजेन्ड्र सिरस्कीसँग कुरा गरिरहेको पनि देखिन्छ । सो भिडियोमा युक्रेनका कमाण्डर सिरस्कीले रुसको भूमिमा आक्रमण गर्ने क्रममा १०० जना रुसी सेनालाई नियन्त्रणमा लिइएको बताएका छन् । यसबाट युक्रेनी सेनालाई रुसी सेनाको नियन्त्रणबाट मुक्त गराउन सकिने उनले विश्वास पनि व्यक्त गरेका छन् ।

यद्यपि युक्रेनी सेनाले रुसको भूमि कति कब्जा गर्यो भन्ने अझै एकिन हुन नसकेको बीबीसीले जनाएको छ ।दुई दिन अघि रुसले युक्रेनी सेना आफ्नो भूमि कुर्स्क प्रान्तमा घुसेको स्वीकार गरेको थियो । हाल रुसका केही बस्तीहरुमा युक्रेनले कब्जा गर्न सफल भएको बीबीसीले जनाएको छ ।

‘युक्रेनी सेनाको समन्वयको कमाल’

बीबीसीका अनुसार युक्रेनका सेनाबीच अहिले बेजोड समन्वय छ । त्यही समन्वयको कमाल अनुसार युक्रेनी सेना रुसमा घुसेर आक्रमण गर्न सकेका हुन् । बेलायतका एक सैनिक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा बीबीसीसँग भनेका छन्, ‘यो आक्रमणको सबैभन्दा चाखलाग्दो कुरा के हो भने युक्रेनी सेनाका अलग–अलग अंगबीच बेजोड समन्वय छ । पैदल फौजको साथसाथै हवाई सुरक्षा, इलेक्टोकि वारफेयर र तोपखानाले पनि यो अपरेसनमा भाग लिएका छन् । युक्रेनका लागि यो आफैंमा ठूलो उपलब्धि हो ।’

अधिकारीहरुका अनुसार युक्रेनले पश्चिमा देशहरुबाट प्राप्त अत्याधुनिक हतियार पनि प्रयोग गरिरहेको छ । ती हतियारहरुमा जर्मनी मोर्डर र अन्य बख्तरबन्ध बाहन समावेश छन् । विगतका वर्षहरुको तुलनामा युक्रेनी सेनाले यस वर्ष यस्ता अत्याधुनिक हतियारहरुको राम्रोसँग प्रयोग गर्दै आएको छ ।

भारतीय नागरिकलाई ब्रेन्स्क, बेलगोरोद र कुर्स्क छाड्न अनुरोध

युक्रेनी सेना रुसको भूभागमा घुसेर आक्रमण गर्न थालेपछि भारतले आफ्ना नागरिकहरुलाई सुरक्षित स्थानमा जान अनुरोध गरेको छ । रुसस्थित भारतीय दूतावासले सूचना जारी गर्दै ब्रेन्स्क, बेलगोरोद र कुर्स्कमा रहेका भारतीय नागरिकहरुलाई सतर्कता अपनाउन र अस्थायी रुपमा ती ठाउँ छाड्न भनेको हो ।

भारतीय दूतावासले कुनै मद्दत चाहिएमा सम्पर्क गर्न भनेर इमेल आईडी र टेलिफोन नम्बरसमेत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn