सिँजादर्पण जुम्ला ।। अमेरिकामा मङ्गलवार दोस्रो चरणको राष्ट्रपतीय बहस हुँदै छ तर डोनल्ड ट्रम्प र कमला ह्यारिस पहिलो पटक आमनेसामेने हुँदै छन्।
उक्त बहस टेलिभिजनमा व्यापक रूपमा हेरिने छ र त्यसले कसलाई मत दिने भन्ने विषयमा अमेरिकीहरूमाथि ठूलै प्रभाव पार्न सक्छ।
कमला ह्यारिस कुशल बहसकर्ता मानिन्छिन्, तर डोनल्ड ट्रम्पले पनि सन् २०१६ र २०२० मा आफूलाई बलियो प्रतिद्वन्द्वी साबित गरिसकेका छन्।कमला ह्यारिसलाई पार्टीभित्र पर्याप्त समर्थन, के उनीसँग ट्रम्पलाई हराउन सक्ने क्षमता छ l२३ जुलाई २०२४ अमेरिकी पहिलो महिला उपराष्ट्रपतिका विभिन्न परिचय २२ जुलाई २०२४
राष्ट्रपतीय बहस कहिले हुन्छ र यसका नियम केके हुन्रु उक्त बहस फिलाडेल्फियामा १० सेप्टेम्बरमा हुन्छ र ुईएसटीुअनुसार राति ९ बजे सुरु हुन्छ।यो सन् २०२४ को दोस्रो राष्ट्रपतीय बहस हो। राष्ट्रपति जो बाइडनले चुनावबाट बाहिरिने निर्णय गर्नुअघि जुन महिनामा उनी र डोनल्ड ट्रम्पबीच पहिलो बहस भएको थियो।बहसमा कडाइका साथ समयसीमा तोकिएको हुन्छ। हरेक उम्मेदवारले सञ्चालकले सोधेका प्रश्नको जबाफ दिन अधिकतम दुई मिनेटको समय पाउँछन् भने खण्डनका निम्ति पनि दुई मिनेटकै समय पाउँछन्। उनले मञ्चलाई काबुमा राख्न सक्ने क्षमता देखाएकी छन्। सन् २०२० को बसहमा आफूले बोल्दाबोल्दै बीचैमा बोल्न पुगेका पेन्सलाई हप्काउँदै कमलाले उपराष्ट्रपतिज्यू, म बोलिराखेकी छुु भनेकी थिइन्। ह्यारिसले अमेरिकी सेनेट तथा त्यसअघि क्यालिफोर्नियाका अदालतहरूमा अभियोजक छँदा पनि बहसको प्रशस्त अनुभव हासिल गरेकी थिइन्, जहाँ विपक्षीको कमजोरी उजागर गर्नुलाई मुख्य कौशल मानिन्छ।
इरानले ट्रम्पको चुनावी अभियान ह्याक गरेको अमेरिकी गुप्तचर निकायद्वारा ट्रम्पमाथि गोली प्रहारपछि सीक्रेट सर्भिसमाथि पाँच प्रश्न यसले बहसका क्रममा डोनल्ड ट्रम्पले प्रस्तुत गर्ने बुँदाहरूलाई खण्डन गर्न उनलाई मद्दत गर्न सक्छ।यद्यपि सन् २०२० को डेमोक्र्याटिक राष्ट्रपतीय मनोनयनका बेला भने उनी असफल रहिन्। उनी आइओवाको पहिलो बहसअघि नै मैदानबाट बाहिरिएकी थिइन्। स्थिर नीतिगत अडान नभएको भन्दै उनको आलोचनासमेत भएको थियो।मङ्गलवारको बहसमा ह्यारिसलाई सञ्चालकहरूले नीतिसम्बन्धी केही कडा प्रश्न सोध्न सक्ने सम्भावना छ। उदाहरणका निम्ति हालैको सीएनएन अन्तर्वार्तामा उनले भनिन्, ूयो जरुरी छ कि हामीलाई यो अत्यावश्यक विषयका निम्ति समयमा आधारित ुमेट्रिक्सु लागु गरी समयको म्याद पालन गर्नुपर्ने छ।
