सिँजादर्पण जुम्ला ।। लगभग २४ करोड अमेरिकीहरू यस पटकको राष्ट्रपतीय निर्वाचनमा मतदान गर्न योग्य छन्। तर सम्भवतस् तिनीहरूमध्ये तुलनात्मक रूपमा सानो सङ्ख्याले आउँदो राष्ट्रपति को बन्ने छ भन्ने प्रश्नको जबाफ निर्धारण गर्ने छ।औँलामा गन्न सकिने राज्यहरूमा मात्रै डेमोक्र्याट् उम्मेदवार कमला ह्यारिस वा रिपब्लिकन्सका डोनल्ड ट्रम्पमध्ये जसले पनि जित हासिल गर्न सक्ने स्थिति रहेको विशेषज्ञहरूको विश्वास छ।तीमध्ये एरिजोना, जोर्जा, मिशिगन, नभाडा, नर्थ क्यारलाइना, पेन्सिल्भेनिया र विस्कन्सिन त्यस्ता राज्य हुन् जसले ह्वाइट हाउसको चाबी आफूसँग राखेका हुन सक्छन्।ट्रम्प र ह्यारिसको राष्ट्रपतीय अब चुनावका अन्तिम महिनाहरूमा ती राज्यका अनिर्णीत मतदाताको मन जित्न दुवै पक्ष जोडतोडले लागिरहेका छन्।
एरिजोना
सन् २०२० मा डेमोक्र्याटसहरूले ुग्र्यान्ड क्यान्यन स्टेटु भनिने यस राज्यको समर्थनबाट राष्ट्रपतिमा चुनाव जिते। यस राज्यले उक्त पार्टीको उम्मेदवारलाई सन् १९९० को चुनावपछि पहिलो पटक थोरै मतान्तरले जितायो।
यो राज्यको मेक्सिकोसँग सयौँ माइलसम्म सीमा जोडिएको छ र यो आप्रवासनसम्बन्धी राष्ट्रिय बहसको केन्द्रमा छ।हालैका महिनामा सीमा पार गर्ने घटनाहरूमा अहिलेसम्मकै ठूलो गिरावट देखिएको छ र यो विषय मतदाताहरूको चासोको केन्द्रमा छ।सीमा समस्या हल गर्ने प्रयत्नका निम्ति राष्ट्रपति जो बाइडनद्वारा एउटा भूमिका दिइएकी ह्यारिसलाई ट्रम्पले यस विषयमा हमला गरेको गर्यै छन्।ट्रम्पले आफूले चुनाव जितेको खण्डमा इतिहासकै ठूलो ुडीपोर्टेशन अपरेशनु ९आप्रवासीहरूलाई घर फर्काउने अभियान० चलाउने प्रतिबद्धता जनाएका छन्।रिपब्लिकन्सले गर्भपतनमाथिको १६० वर्ष पुरानो प्रतिबन्धलाई पुनस् लागु गर्ने कोसिस गरेपछि एरिजोनामा यस विषयक बहस पनि तात्यो। तर प्रतिबन्धको प्रयत्न रोकियो।अमेरिकी सर्वोच्च अदालतले एउटा ऐतिहासिक फैसला गर्दै महिलाहरूलाई गर्भपतन गराउन पाउने संवैधानिक अधिकार दिएपछि सन् २०२० यता यो मुद्दाले देशभर विस्फोटक रूप लिएको छ।
जोर्जा
तस्बिरको क्याप्शन,ट्रम्पमाथि जोर्जामा एउटासहित जम्मा चार वटा फौजदारी अभियोग छन्
हामीले तयार पारेको स्विङ स्टेटहरूूको सूची सन् २०२० को चुनावमा रिपब्लिकन अधिकारीहरूले बाइडनको जितलाई असफल गराउने कोसिस गरेका स्थानहरूसँग निकै मिल्दोजुल्दो छ।
ट्रम्पले चुनावमा हस्तक्षेप गरेको भनी लागेका चार मुद्दामध्येको एउटा जोर्जाको फुल्टन काउन्टीमा खेपिरहेका छन्। उनी एउटामा दोषी ठहरिसकेका छन् भने बाँकी टुङ्गिइसकेको छैन।
उनीसहितका १८ अन्यमाथि बाइडनसँगको झिनो हारलाई उल्ट्याउन षड्यन्त्र गरेको आरोप छ। तर ट्रम्पले आरोपहरू अस्वीकार गर्दै आएका छन् र चुनावअघि यस मुद्दाको सुनुवाइ हुने सम्भावना पनि देखिँदैन।
ट्रम्प फेरि अमेरिकी राष्ट्रपति बने भने बाँकी विश्वलाई कस्तो फरक पर्छ
२७ जुन २०२४
आप्रवासन सङ्कट कसरी अमेरिकी निर्वाचनको मुख्य मुद्दा बनिरहेको छरु
१० मार्च २०२४
जोर्जाको एकतिहाइ जनसङ्ख्या अफ्रिकन–अमेरिकन मूलको छ भने अश्वेत बासिन्दाको देशकै ठूलो अनुपात पनि यहीँ छ। यही जनसङ्ख्याले यस राज्यमा सन् २०२० को चुनावलाई बाइडनको पक्षमा उल्ट्याइदिन मूल भूमिका खेलेको विश्वास गरिन्छ।
अमेरिकाका अश्वेत बासिन्दाहरू बाइडनप्रति निराश भएको विवरणहरू आएका भए पनि ह्यारिसको प्रचारमा लागेकाहरूले यस क्षेत्रमा स्थितिलाई सम्हाल्न सकिने आशा गरेका छन्।
मिशिगन
,बाइडनले आफ्नो मध्यपूर्वसम्बन्धी नीतिलाई लिएर मिशिगनमा आलोचनाको सामना गरिराखेका छन्
पछिल्ला दुई चुनावमा यो ुग्रेट लेक्स स्टेटुले विजेता उम्मेदवारलाई चुनेको छ। सन् २०२० मा बाइडनलाई समर्थन गरेको भए पनि अहिले भने यो राज्य गाजा युद्धमा बाइडनले इजरेललाई दिएको सहयोगबारे देशभर फैलिएको असन्तुष्टिको पर्याय बनेको छ।
फेब्रुअरीमा मिशिगनमा भएको डेमोक्र्याटिक पार्टीको ुप्राइमरीु प्रतिस्पर्धामा एक लाखभन्दा धेरै मतदाताले ूअप्रतिबद्धूको विकल्पमा मत दिए। उनीहरू अमेरिकाले इजरेललाई दिँदै आएको सहयोग रोकियोस् भन्ने चाहने अभियानकर्मीहरू थिए।
उल्लेख्य कुरा के हो भने देशकै ठूलो अरब–अमेरिकनहरूको हिस्सा मिशिगनमा बसोबास गर्छ। यो जनसङ्ख्याको बाइडनप्रतिको समर्थन खतरामा परेको थियो। तर ह्यारिसको इजरेलप्रतिको प्रस्तुति कडा देखिएका कारण गाजाका केही प्रदर्शनकारीहरूले उनीहरूको मुद्दामा ह्यारिसले अधिक सहानुभूति राख्ने अपेक्षा गरिएको बीबीसीसँग बताएका छन्।
ट्रम्पले उनको सम्भावित जिततर्फको यात्रामा यस राज्यको महत्त्वपूर्ण भूमिका हुने बताउँदै आएका छन्। मध्यपूर्वका घटनाक्रमबारे टिप्पणी गर्दै उनले इजरेललाई गाजामा सञ्चालित हमासविरुद्धको अभियान शीघ्र समाप्त गर्न आह्वान गरेका छन्।
गाजामा युद्धविराम र बन्धक रिहाइका लागि ुअन्तिम मौकाु
१९ अगष्ट २०२४
इजरेलमा अमेरिकीहरूको हत्या गरेको भन्दै हमासका ६ नेताविरुद्ध अमेरिकामा मुद्दा
४ सेप्टेम्बर २०२४
नभाडा
बाइडन–ह्यारिस लेखिएको मास्क लगाएकी एक महिलातस्बिर स्रोत,न्भततथ क्ष्mबनभक
तस्बिरको क्याप्शन,नभाडाले पछिल्लो चुनावमा डेमोक्र्याटलाई मत दिएको थियो तर कोभिडपछिको सुधार यस राज्यमा अन्तभन्दा सुस्त छ
यस राज्यले पछिल्ला केही चुनावमा डेमोक्र्याटलाई मत दिएको छ। तर रिपब्लिकनहरूले त्यसलाई उल्ट्याउन सक्ने सङ्केतहरू देखिएका छन्।
सर्वेक्षणहरूको अनुगमन गर्दै आएको ुफाइभ थ्री एटु नामक संस्थाले प्रकाशित गरेको हालैको औसत संश्लेषण प्रतिवेदनका अनुसार सर्वेक्षणहरूले एक पटक यस राज्यमा बाइडनभन्दा ट्रम्प निकै अघि रहेको सङ्केत गरे पनि ह्यारिसको उम्मेदवारीसँगै उक्त अग्रता घटेको छ।
डेमोक्र्याटहरूले युवा र विविधतायुक्त मतदातालाई आकर्षित गर्न सक्ने उम्मेदवारका कारण यो दूरी अझै घट्न सक्ने आशा गरेका छन्।
दुवै उम्मेदवारले राम्रै सङ्ख्यामा रहेको ल्याटीनो जनसङ्ख्याको मन जित्ने कोसिस गरिराखेका छन्।
राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गर्न खोजेको अमेरिकाको आरोप
५ सेप्टेम्बर २०२४
कमला ह्यारिस, डेमोक्र्याटिक पार्टी र ट्रम्पका लागि बाइडन राष्ट्रपतिको दौडबाट बाहिरिनुको अर्थ
२२ जुलाई २०२४
बाइडनले पद सम्हालेयता अमेरिकी अर्थतन्त्र र रोजगारीको सिर्जनामा व्यापक वृद्धि भएको देखिए पनि यस राज्यमा कोभिडपछिको सुधार भने अन्तभन्दा सुस्त छ।
नवीन सरकारी आँकडाका अनुसार क्यालिफोर्निया र डिस्ट्रिक्ट अफ कोलम्बिया ९डीसी०पछि नभाडामा सबैभन्दा उच्च ५।१ प्रतिशतको बेरोजगारी दर छ।
ट्रम्पले पुनस् शक्तिमा आएको खण्डमा कर तथा नियमन घटाउने कार्यसूचीमा फर्कने प्रतिबद्धता जनाएका छ्न्।
नोर्थ क्यारलाइना
सर्वेक्षणहरूले यस राज्यमा डेमोक्र्याटिक पार्टीका तर्फबाट ह्यारिस उम्मेदवार भएयता दुई उम्मेदवारबीचको दूरी निकै झिनो बनेको देखाएका छन्। केही विश्लेषकहरूले यहाँ दुवै उम्मेदवारको जितको सम्भावना बराबरी रहेको स्थितिका रूपमा व्याख्या गरेका छन्।
जुलाईमा भएको गोली प्रहारको घटनापछि ट्रम्पले पहिलो चुनावी कार्यक्रम यहाँ गर्ने निर्णय गरेकाले पनि सायद यसको महत्त्व दर्शाउँछ।
ूजितका लागि यस राज्य निकै महत्त्वपूर्ण छ,ू भिडलाई सम्बोधन गर्दै उनले भनेका थिए।
डेमोक्र्याटहरूले भने पार्टी ुकन्भेन्शनुको अन्तिम रातमा यस राज्यका गभर्नर रोय कूपरलाई मञ्च सुम्पने निर्णय गरेका थिए।
ट्रम्पले सन् २०२० को चुनावमा यस राज्यमा केवल ७० हजारभन्दा केही बढी मतले जित हासिल गरेका थिए। त्यसैले यस पटक जित्न सकिनेबारे डेमोक्र्याटहरूको आशा बढेको छ।
ुअमेरिकी राष्ट्रपति निर्वाचनको अभियानलाई नै फेरिदिने उदेकलाग्दो कार्यु
१५ जुलाई २०२४
डोनल्ड ट्रम्पमाथि गोली प्रहार भएपछिको क्षणका केही तस्बिरहरू
१४ जुलाई २०२४
पेन्सिल्भेनिया
बन्दुकधारीद्वारा प्रहार गरिएको गोली ट्रम्पको कानलाई छोएर गयो, मुठ्ठी उठाउँदै गरेका ट्रम्पतस्बिर स्रोत,भ्एब्
तस्बिरको क्याप्शन,पेन्सिल्भेनियाको बट्लरमा आयोजित कार्यक्रमका क्रममा ज्यान लिन गरिएको आक्रमणमा ट्रम्प बाँच्न सफल रहे
यस राज्यमा दुवै पक्षले जोडतोडका साथ आआफ्ना अभियान सञ्चालन गरिरहेका छन्। यो त्यही राज्य हो, जहाँ ट्रम्प हत्या प्रयासबाट बचेका थिए।
सन् २०२० मा बाइडनलाई समर्थन गरेर यो राज्यले आफू निर्णायक भएको प्रमाणित गरिसकेको छ। श्रमजीवीहरूको सहर स्क्रान्टनसँग बाइडनको गहिरो भावनात्मक सम्बन्ध थियो किनकि उनी त्यहीँ हुर्केबढेका थिए।
अन्य धेरै ठाउँजस्तै यहाँ पनि अर्थव्यवस्था मूल मुद्दाका रूपमा रहँदै आएको छ। बिस्तारैबिस्तारै घट्नुअघि बाइडन प्रशासनका क्रममा देशैभर मुद्रास्फीति बढेको थियो।
यहाँका मानिसहरू जीवनयापनका निम्ति महँगीको दबाव खेपिरहेका अन्य राज्यका अमेरिकीहरूभन्दा भिन्न छैनन्। तर पेन्सिल्भेनियामा दैनिक प्रयोग हुने किराना सामग्रीको मूल्य अन्य राज्यमा भन्दा तीव्र गतिमा बढेको बजारसम्बन्धी अध्ययन गर्दै आएको ुडेटासेम्ब्लीु नामक संस्थाले जनाएको छ।
गैरकानुनी आप्रवासन, कर र गर्भपतन स् बाइडन(ट्रम्प बहसका दाबीबारे तथ्यजाँच १ जुलाई २०२४ अमेरिकाको राष्ट्रपति निर्वाचनमा पहिले पनि तीन जनाले लडेका थिए जेलबाटै चुनावउच्च दरको मुद्रास्फीतिले ह्यारिसलाई देशैभर नोक्सान पुर्याउन सक्छ। सर्वेक्षणहरूले यसले मतदाताहरूलाई अर्थव्यवस्थालाई हेर्ने प्रतिकूल दृष्टिकोण दिइरहेको देखाएका छन्।ट्रम्पले बाइडनको अर्थव्यवस्थाबारे ह्यारिसमाथि दोष थुपार्दै आक्रमण गरेका छन्।
