सिँजादर्पण जुम्ला ।। जुम्लाका किसानहरुलाइ यतिवेला खेतिपातिको कामले फुर्सद छैन । भाद्र २० गते बाट लगातार स्याउ टिपे पछि अहिले करिव स्याउ टिप्नेकाम सकियको छ । केहि किसान हरुको वारिमा भने अलि पछि पाक्ने स्याउ टिप्न बाकि छ । वार्षातका कारण स्याउ समयमै बजारम नपुगेपछि किसान हरु र व्यापारिमा भने त्यति सन्तुस्टि देखिदैन ।सिँजाका किसान हरु यतिवेला पशुलाइ हिउदे सिजनका लागि घासँ काटनमा व्यस्त छन । जुम्लामा हिउँदे सिजनमा हिउँ पर्ने हुदा पशुहरुलाइ खानका लागि घासँ संकलन गरेर राख्ने चलन रहेकोछ । घाँस काटेपछि असोजको अन्तिम कार्तिकको पहिलो हप्तामा मार्सिधान काटने वेला आउछ । त्यसैका लागि पनि आज काल पशुहरुका लागि किसान हरु घासँ काटनमा व्यत छन ।
