सिँजादर्पण जुम्ला ।। लेबननका स्वास्थ्यमन्त्रीले आफ्नो देशमा जे भइरहेको छ त्यो “नरसंहार” भएको बताएका छन्।दुई दिनदेखिका हिजबुल्लाह लक्षित व्यापक इजरेली हवाई हमलामा हताहत भएकाहरूको उच्च सङ्ख्यासँग जुझ्न अस्पतालहरूले सङ्घर्ष गरिरहँदा स्वास्थ्यमन्त्री डा। फिरास अबियादले त्यसो भनेका सोमवारको हमलामा मारिने ५५० जनामध्ये अधिकांश बालबालिका र महिलासहित सर्वसाधारण रहेको “प्रस्ट” भएको बताएका छन्।इजरेलले सयौँ हिज्बुल्लाहका निशानामा प्रहार गरेको जनाउँदै उक्त लडाकु समूहले सर्वसाधारणको बसोबास क्षेत्रमा अस्त्रहरू लुकाएको आरोप लगाएको छ।मङ्गलवार इजरेली सेनाले हिज्बुल्लाहको रकेट फोर्सेसुका प्रमुखलाई मारिदिएको जनाएको छ।इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले हिज्बुल्लाहले लेबननलाई “खाल्टोमा जाक्ने” बाटोतर्फ लगिरहेको जनाएका छन्।लेबननी स्वास्थ्यमन्त्रीले मङ्गलवार पत्रकार सम्मेलनमा बोल्दै मारिने ५५८ जनामध्ये ५० जना बालबालिका, ९४ जना महिला र कैयौँ स्वास्थ्यकर्मीहरू रहेको बताएका छन्।लेबननमा ५० भन्दा धेरै अस्पतालमा हाल १,८३५ जना घाइतेहरूको उपचार भइरहेको उनले बताए। दुई पक्ष लडाइँबाट रोकिने मनस्थितिमा रहेको नदेखिइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडन संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्दै पूर्ण आकारको द्वन्द्व “कसैको पनि स्वार्थमा नरहेको” बताएका छन्।
