Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

सिरियाली विद्रोहीको दाबी : राष्ट्रपति असदले देश छाडेर भागे


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, मंसिर २३, २०८१

सिरियाली विद्रोहीको दाबी : राष्ट्रपति असदले देश छाडेर भागे

सिँजादर्पण, काठमाडौँ — सिरियाली विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेपछि राष्ट्रपति बसर अल असदले देश छाडेर भागेको दाबी गरेका छन् । दमास्कस आफ्नो कब्जामा आएपछि विद्रोही समूह हयात तहरीर अल सामले राष्ट्रपति असदले देश छाडेर भागेको दाबी गरेको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सिरियाली अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति असल दमास्कसबाट जहाज चढेर हिँडेको जनाएको छ । रोयटर्सका अनुसार असद कतातर्फ लागे भन्ने स्पष्ट भएको छैन । रोयटर्सका अनुसार सिरियाली सेनाको नेतृत्वले आइतबार राष्ट्रपति असदको २४ वर्षे शासन अन्त्य भएको सैनिक अधिकारीहरूले सूचना पुर्‍याएको छ ।

सिरियाली विद्रोही समूहले ुदमास्कस असदमुक्तु भएको घोषणा गरेको छ । राष्ट्रपति असद ुभागेपछिु सार्वजनिक संस्थानहरू प्रधानमन्त्रीले सम्हाल्ने पनि विद्रोहीहरूले बताएका छन् । प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले आफू दमास्कसमै रहने पनि बताएका छन् । उनले सिरिया अरुजस्तै सामान्य मुलुक हुने र छिमेकी मुलुक र विश्वका अरु देशसँग राम्रो सम्बन्ध कायम गर्ने बताएका छन् ।

सिरियामा सन् २००० देखि बसर अल असद निरन्तर सत्तामा रहेका छन् । असद सरकारविरुद्ध विद्रोही समूहले केही वर्षदेखि संघर्ष गर्दै आएको छ । सिरियाली सेना पछाडि हटेपछि विद्रोही समूहले ठूला सहरहरू कब्जा गरेका हुन् । अलेप्पो, होम्स र राजधानी दमास्कस नै कब्जा गरेपछि राष्ट्रपति असद भागेको बताइएको छ । यसअघि सन् २०११ मा पनि असदविरुद्ध विद्रोह भएको थियो । सुरुमा असदविरुद्धको शान्तिपूर्ण र लोकतन्त्रको पक्षमा भएको भनिएको आन्दोलन गृहयुद्धमा परिणत भएको थियो ।

उक्त युद्धमा क्षेत्रीय मात्र नभई वैश्विक शक्तिसमेत सहभागी भएका थिए । त्यतिबेलादेखिको युद्धमा ५ लाखभन्दा बढी मारिएका छन् । १ करोडभन्दा बढी मान्छे आफ्नो थातथलो छाड्न बाध्य भएका थिए । रुस र इरानसमर्थित मिलिसियाको सहयोगमा असद सरकारले सिरियाका केही सहरमा नियन्त्रण लिएपछि युद्ध नियन्त्रणमा आएको थियो । अमेरिकाले भने कुर्दिस विद्रोही समूहलाई असद सरकारविरुद्धको संघर्षमा साथ दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn