सिँजादर्पण । हिन्द महासागरमा अवस्थित मायोट टापुमा चिडो चक्रवातको वितण्डाका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । फ्रान्सेली समाचार एजेन्सी एएफपीका अनुसार यो चक्रवात झन्डै १०० वर्षमा यस क्षेत्रमा आएको सबैभन्दा शक्तिशाली आँधी हो । चक्रवातको समयमा हावाको वेग २२५ किलोमिटर प्रतिघण्टाको दरमा थियो । आँधीका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
