सिँजादर्पण, एजेन्सी : अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले भारतमा पठाइने अमेरिकी सामानमा लगाइएको करबारे कडा अभिव्यक्ति दिएका हुन्। उनको यो भनाइले भारत सरकारलाई सोच्न बाध्य तुल्याउने निश्चित प्रायः छ। भारतले अमेरिकी सामानमा जति कर लगाउँछ, अमेरिकाले पनि भारतीय सामानमा त्यही नै कर लगाउने ट्रम्पको भनाइ छ।
देशहरूले अमेरिकाबाट आउने सामानमा लगाइएको उच्च अतिरिक्त महसुलको जवाफमा अमेरिकाले पनि ती सबै देशबाट अमेरिकामा भित्रिने सामानमा त्यही स्तरको अतिरिक्त महसुल अर्थात् रेसिप्रोकल ट्यारिफ लगाउने मनसाय दोहोर्याएका छन्। ‘यदि कसैले हामीहरूमाथि कर थोपर्छ भने हामी पनि उनीहरूमाथि उति नै कर लगाइदिन्छौं’, सञ्चारमाध्यमहरूसँग कुराकानी गर्दै ट्रम्पले भने।
उनले नामै किटेर भारतले कर लगायो भने आफूले पनि लगाउने भन्दै जस्तालाई त्यस्तै व्यवहार गर्ने चेतावनी दिए।
