सिँजादर्पण काठमाण्डौँ ।। अमेरिकाले भेनेजुएलाको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि शपथ लिएकै दिन निकोलस मदुरो पक्राउ पर्न सक्नेगरी सूचना दिनेलाई पहिलेकोमा बढाउँदै २ करोड ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ।गत शुक्रवार आगामी छ वर्षका लागि भेनेजुएलाको राष्ट्रपतिमा भएको मदुरोको शपथ लिएका थिए।अन्तर्राष्ट्रिय समुदाय र विपक्षी दलहरूको निन्दाको छायामा उनको सपथग्रहण समारोह परेको थियो।भेनेजुएलाका आन्तरिक मामिला मन्त्री दियोस्तादो कबेलोलाई पक्राउ गर्न सघाउने सूचना दिने वा उनी दोषी ठहर हुनसक्ने सूचनाहरू दिनेलाई पनि अमेरिकाले पुरस्कार घोषणा गरेको छ।त्यसैगरी रक्षामन्त्री भ्लादिमिर पद्रिनोबारे सूचना दिनेलाई अर्को एक करोड ५० लाख अमेरिकी डलर पुरस्कार तोकिएको छ।यूकेले पनि न्यायाधीशहरूसहित सुरक्षा निकाय र सैनिक अधिकारीहरू सहित भेनेजुएलाका १५ जना शीर्ष अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ।सत्ता ढाल्न षडयन्त्र
ब्रिटिश विदेश मन्त्रालयले प्रतिबन्धमा परेका अधिकारीहरू ूप्रजातन्त्र, कानुनीराज र मानव अधिकार उल्लङ्घनूमा जिम्मेवार रहेको बताएको छ।युरोपेली सङ्घ ईयूले ूविधिको शासन र प्रजातन्त्रको पुनर्बहालीमा उल्लेख्य प्रगति नभएकोू कारण देखाउँदै यस्तो घोषणा गरेको हो।मदुरोका गतिविधिलाई ूलज्जाजनकू भन्दै क्यानडाकी विदेशमन्त्री मेलनी जोलीले पनि नयाँ प्रतिबन्धहरू लगाइएको बताएकी छन्।जोलीले क्यानडाका लागि ूलोकतान्त्रिक प्रक्रियाको क्षयीकरण वा अभिव्यक्ति स्वतन्त्रताको नागरिक अधिकारमाथि दमन सह्य नहुनेू बताएकी छन्।मदुरो र उनको सरकारले पश्चिमा देशहरू र विपक्षी नेताहरूले लगाउँदै आएका कैयौँ आरोपहरू बारम्बार अस्वीकार गर्दै आइरहेको छ।पाँच वर्षअघि अमेरिकाले मदुरो र उनको सरकारका अरू वरिष्ठ अधिकारीहरूमाथि ूलागुऔषध(आतङ्कवादूको आरोप लगाएको थियो।अमेरिकाले मदुरो र अधिकारीहरूमाथि आफ्नो देशमा कोकिन आपूर्ति गरेर अमेरिकीहरूको स्वास्थ्यलाई कमजोर बनाएको आरोप लगाएको छ। मदुरोले उक्त आरोप अस्वीकार गरेका छन्।अमेरिकाले भेनेजुएलामाथि गतवर्ष तेलमा पनि प्रतिबन्ध लगाएको थियो। तर मदुरोले देशमा स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने अपेक्षामा ती प्रतिबन्धहरू अस्थायी रूपमा खुकुलो बनाइएका थिए।
