सिँजादर्पण जुम्ला ।। संयुक्त राज्य अमेरिका राष्ट्रपति डोनल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच दूरी बढिरहेको समयमा ट्रम्पले जेलेन्स्कीलाई ूनिरङ्कुशूको सङ्ज्ञा दिएका छन्।अमेरिका र रुसबीच साउदी अरबमा मङ्गलवार भएको प्रत्यक्ष वार्ताप्रति असन्तुष्टि जनाउँदै जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प रुसी दुष्प्रचारबाट प्रभावित भएको बताएका थिए।त्यसको प्रतिक्रियामा ट्रम्पले जेलेन्स्कीको थप आलोचना गरेका छन्। अमेरिकाको फ्लोरिडामा साउदी अरबको आयोजनामा भएको लगानी सम्मेलनमा ट्रम्पले जेलेन्स्कीले यसअघिका अमेरिकी राष्ट्रपति जो बाइडनलाई प्रभावमा पारेकोू आरोप लगाए।ट्रम्पको निरङ्कुशू भन्ने टिप्पणीको युरोपेली नेताहरूले तत्कालै आलोचना गरेका थिए। जर्मनीका चान्सलर ओलाफ शोल्ट्सले ूराष्ट्रपति जेलेन्स्कीको प्रजातान्त्रिक वैधानिकता अस्वीकार गर्नु गलत र खतरनाकू भएको टिप्पणी गरे।यूकेका प्रधानमन्त्री किअर स्टार्मरले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई टेलिफोन सम्पर्क गरेर आफूले उनलाई समर्थन गर्ने स्पष्ट पारे। प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रीटका प्रवक्ताले किअरलाई उद्धृत गर्दै उनले युक्रेनमा प्रजातान्त्रिक विधिबाट निर्वाचित नेताको रूपमा जेलेन्स्कीलाई आफ्नो समर्थन रहेकोू बताएका छन्।यूकेले पनि दोस्रो विश्वयुद्धका क्रममा निर्वाचन स्थगित गरेको उदाहरण दिँदै उनले युद्धका समयमा निर्वाचन रोक्नु व्यावहारिक भएको किअरले बताएको प्रवक्ताले जानकारी गराएका छन्।जेलेन्स्कीको पाँचवर्षे कार्यकाल सन् २०२४ को मेसम्म थियो। तर सन् २०२२को फेब्रुअरीमा रुसले पूर्ण स्तरको आक्रमण सुरु गरेयता युक्रेनमा सैनिक शासन लागु गरिएको छ। त्यहाँ निर्वाचन स्थगित गरिएको छ।स्वीडनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले पनि ट्रम्पले जेलेन्स्कीबारे गरेको टिप्पणीको आलोचना गरे। जर्मनीकी विदेशमन्त्री आनालेना बेअरबोकले ट्रम्पको प्रतिक्रिया हास्यास्पदू भएको बताइन्।
