सिँजादर्पण ।। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले किएभ(मस्कोबीच शान्ति स्थापनाका लागि मध्यस्थता गर्ने प्रयासमा युक्रेनसँग काम गर्न रुसभन्दा ूबढी कठिनाइू महसुस गरिरहेको बताएका छन्।शुक्रवार ह्वाइटहाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकाको ूरुससँग राम्रो भइरहेकोू र किएभसँग भन्दा मस्कोसँग काम गर्न सहज हुनसक्नेू बताए।त्यसको केही घण्टाअघि ट्रम्पले युक्रेनसँग युद्ध विराम नहुँदासम्म रुसलाई ठूलो स्तरको प्रतिबन्ध र आयातमा शुल्क लगाउनेबारे आफूले जोडदार रूपले विचार गरिरहेकोू बताएका थिए।यसैबीच गतरात डोनेत्स्क क्षेत्रको एक सहरमा भएका रुसी हमलामा कम्तीमा १४ जना मारिएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
युक्रेनविरुद्ध सैन्य सहायता रोकेपछि ट्रम्पले त्यसो गरेको भूउपग्रह प्रविधिसम्बन्धी कम्पनी म्याक्सरले भेरिफाईलाई बताएको छ।दुई देशका राष्ट्रपतिहरूबीच ह्वाइटहाउसमा अभूतपूर्व रूपमा चर्काचर्की परेको ठिक एक सातापछि यस्तो विकास क्रम देखा परेको हो।उक्त संवादका बेला ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकाप्रति ूकृतघ्नू भएको आरोप लगाएका थिए।सार्वजनिक रूपमा भएको उक्त नोकझोकपछि यस साता ट्रम्पले किएभलाई सबै खाले अमेरिकी सैन्य र गुप्तचर सहायता रोकिदिएका थिए।
