सिँजादर्पण काठमाण्डौँ पोप फ्रान्सिसको भ्याटिकनमा अन्तिम संस्सारपछि रोमस्थित उनको प्रिय गिर्जाघर सान्ता मारिआ मज्जोरे बसिलिकामा समाधिस्थ गरिएको छ।
गत सोमवार ८८ वर्षको उमेरमा उनको निधन भएको थियो।उनको अन्तिम संस्कारमा भाग लिन कयौँ विश्व नेताहरू, शाही परिवारका सदस्यहरू र हजारौँ शोकाकुल मानिसहरूको ठूलो सङ्ख्या शनिवार बिहान सबेरैदेखि भेला भएका थिए।इटलीको आन्तरिक मामिला मन्त्रालयका अनुसार पोपको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन शनिवार कम्तीमा चार लाख मानिसहरू भेला भए।कार्डिनलहरूले ूकन्क्लेवू भनिने नयाँ पोप चयन गर्ने प्रक्रियाको तयारी पनि सुरु भइसकेको छ। पोपको अन्तिम संस्कार समारोहमा भाग लिनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्नी मेलानियासहित मुख्य समारोह भएको भ्याटिकनको सेन्ट पिटर्स स्क्वाएरमा पुगेका थिए।अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडन पनि पत्नी जीलसँगै सेन्ट पिटर्स स्क्वाएर पुगेका थिए।त्यस्तै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शनिवार बिहान रोम पुगेर पोपको अन्तिम संस्कारमा सहभागी भए।यसअघि भने उनले पोपको अन्तिम संस्कार गर्ने समारोह छुटाउने ठानिएको थियो।पीपल्स पोपू भनेर चिनिएका व्यक्तिको अन्तिम संस्कार समारोहले संसारका सबैभन्दा शक्तिशाली व्यक्तिहरूसँगै संसारकै केही सीमान्तकृतहरू पनि एकत्रित गर्यो।
