सिँजादर्पण काठमाण्डौँ ।। इजरेलले ११ साताको नाकाबन्दीपश्चात मानवीय सहयोगका सामग्री बोकेका लरीहरूलाई गाजामा पस्न दिन थाले पनि त्यहाँ हालसम्म कुनै सहयोग वितरण नगरिएको संयुक्त राष्ट्रसङ्घले बताएको छ।इजरेली अधिकारीहरूले मङ्गलवार पिठो, शिशुका खानेकुरा, मेडिकल सामग्री तथा औषधि बोकेका ९३ ट्रकलाई गाजामा प्रवेश गर्न दिइएको बताएका छन्।तर ती ट्रक केरम शालोम नाकाबाट प्यालेस्टीनी क्षेत्रमा प्रवेश गरे पनि हालसम्म ती सहयोग सामग्री वितरण नगरिएको राष्ट्रसङ्घले बताएको छ।राष्ट्रसङ्घका प्रवक्ता स्टेफान डुजारिकले उक्त क्षेत्रमा पहुँच पाउन एक सहयोग टोलीले इजरेली पक्षसामु कैयन् घण्टा कुरेको तर दुर्भाग्यवश तिनले ती सामग्री भण्डारण कक्षसम्म ल्याउन नपाएकोु बताए।गाजामा फेरि हवाई हमला स् इजरेलविरुद्ध कारबाही गर्न सक्ने यूके, फ्रान्स र क्यानडाको
धेरै पढिएको इजरेलको गाजामा थालेको नैतिकरूपमा उचित सिद्ध गर्नै नसकिनेु विस्तारित सैन्य कारबाहीका कारण यूकेले ऊसँगको व्यापार वार्ता स्थगन गरेको छ। प्रधानमन्त्री सर किअर स्टार्मरले गाजाको अवस्थालाई भनेका छन्।युरोपेली युनियनकी विदेश नीति प्रमुख काया कलासले गाजामा गरिएको कारबाहीका माझ इजरेलसँगको इयूको व्यापार सम्झौता समीक्षा गरिने बताएकी छन्।
मङ्गलवार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले केही सहयोग गाजा भित्रन दिने इजरेली निर्णयको स्वागत गरे। सिनेटको विदेश सम्बन्ध समितिसमक्ष बोल्दै उनले भने, सहयोग फेरि चालु हुन थालेको देख्दा हामी खुसी छौँ।एकदम थोरै सङ्ख्यामा मात्र सहयोग सामग्री बोकेका ट्रकलाई भित्रन दिएको भनेर एकजना डेमोक्र्याट सदस्यले सोधेको प्रश्नको जबाफमा रुबियोले भनेस् पर्याप्त परिमाण नभएको भनेर तपाईँले उठाएको कुरा म बुझ्छु। तर उक्त ९सहयोग भित्रन दिने० निर्णय लिइएकोमा हामी खुसी भएका हौँ।सोमवार यूके, फ्रान्स र क्यानडाका नेताहरूले एक वक्तव्य जारी गर्दै इजरेली सरकारलाई ुसैन्य कारबाही रोक्नु अनि ुतत्काल गाजामा मानवीय सहयोग भित्रन दिनु आह्वान गरेका थिए।यूकेले बस्ती विस्तारमा संलग्न कतिपय चर्चित इजरेली सेट्लर तथा तिनीहरूसँग सम्बन्धित समूहविरुद्ध आर्थिक प्रतिबन्ध लगाएको छ।इजरेलले प्यालेस्टीनी भूभागमा पुगेका सहयोग सामग्रीलाई उतार्न लगाउने अनि राष्ट्रसङ्घीय टोलीले पहुँच पाएपछि फेरि ट्रकमा हाल्न लगाउने गरेकाले सहयोग वितरण कार्य जटिल बनेको डुजारिकले बताए।सहयोग सामग्री आउन थालेकोलाई सकारात्मक भन्दै डुजारिकले तर त्यसलाई समुद्रमा केवल एक थोपा पानीु जति मात्र भने।राष्ट्रसङ्घीय निकायहरूको अनुमानमा गाजाको गहन मानवीय सङ्कटलाई सम्बोधन गर्न दैनिक ६०० ट्रक सामग्री आवश्यक छ।यसअघि संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचरले यदि आवश्यक सामग्री समुदायसम्म नपुगे आगामी ४८ घण्टामा १४,००० बच्चाको मृत्यु हुन सक्ने डर रहेको बताएका थिए।गत साता हमास सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले गत ११ सातामा कुपोषणका कारण ५७ बालबालिकाको ज्यान गएको विवरण दिएको थियो।
