सिँजादर्पण काठमाण्डौँ ।। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन देर लायन सम्मिलित उच्चस्तरीय वार्ताहरूपछि अमेरिका र युरोपेली सङ्घ ९ईयू०बीच एउटा महत्त्वपूर्ण व्यापार सम्झौता भएको छ।त्यसअन्तर्गत ईयूका सबै सामानमा पहिला अनुमान गरिएकोभन्दा कम अर्थात् १५ प्रतिशत अमेरिकी आयात शुल्क लाग्ने व्यवस्था समेटिएको छ भने अमेरिकामा महत्त्वपूर्ण युरोपेली लगानी गर्ने तथा अमेरिकी सामान खरिद गर्ने वाचा गरिएको छ।ब्रसल्सले उक्त समझदारीले स्थायित्व ल्याउने प्रतिक्रिया दिएको छ, तर विश्लेषकहरूले त्यसबाट ईयूको सीमित प्रभाव रहेको कुरा उदाङ्गिएको टिप्पणी गरेका छन्।सम्झौताका लागि ट्रम्प आफैँ सक्रिय भएका थिए। उनको प्रशासनले यो सम्झौतालाई आफ्नो ठूलो उपलब्धि मानेको छ। यद्यपि यो सम्झौता युरोपेली आयोगकी अध्यक्षका लागि पूर्ण पराजय हैन।दुवै पक्षका लागि यो महत्त्वपूर्ण मानिएको छ। ईयूले यसलाई ूसंसारको सबैभन्दा ठूलो द्विपक्षीय व्यापारिक तथा लगानीको सम्बन्धू भनेको छ। धेरै व्यापार र रोजगारी यसमा निर्भर हुने छन्।उनीहरूका अनुसार आर्थिक वृद्धि सुस्त हुने निश्चितप्रायः छ। यद्यपि आर्थिक मन्दीलाई पन्छाउन सकिने देखिन्छ।अगस्टको १ तारिखसम्म सम्झौतामा नपुगेमा दर्जनौँ मुलुकहरूले अमेरिकी आयात शुल्क झेल्नुपर्ने चेतावनी दिएका छन्।
