सिँजादर्पण काठमाण्डौ ।शनिवारको सम्मेलनलाई सम्बोधन गर्दे रुबिओले, उनकै शब्दमा, आम आप्रवासनु को चर्को आलोचना गरे र त्यसका कारण पश्चिमा देशहरूले धेरै मूल्य चुकाउनु परेकोु बताए।पश्चिमा देशहरूले ुअभूतपूर्व आम आप्रवासनु खुला गरेको र त्यसले उनीहरूको भविष्य खतरामा पारेको रुबिओले बताए।सन् १९८९मा बर्लिन पर्खाल भत्किएपछि सीमारहित विश्व बनाइएको उनले औँल्याए। तर त्यसलाई मूर्खतापूर्ण विचारु भन्दै त्यस्तो विचार मानिसको स्वभाव र इतिहास विपरीत रहेको उनले बताए।यो गल्ती हामीले सँगसँगै गर्यौँ, उनले भने। अब अगाडि बढ्नका निम्ति नविकरण तथा पुनर्निर्माणु कार्य गर्ने अमेरिकी योजना रहेको उनले बताए।यो कार्य एक्लै गर्नु परे पनि गर्न हामी तयार छौँ। तर हामी चाहन्छौँ कि यो काम सँगसँगै होस्,उनले भने।आफूहरू एकै सभ्यता(पश्चिमा सभ्यता(को अंश रहेको भन्दै उनले युरोप र अमेरिका आर्थिक एवं सांस्कृतिक रूपले जोडिएको बताए।
