गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालीसेसँग को अन्तर्वार्ता
सिँजादर्पणमा यहाँलाइ स्वागत छ ?
धन्यवाद ।
गोकर्णेश्वर नगर वासिहरुले यहाँलाइ मेयर वन्ने सपना सफल पारिदिय यहाँले जनताका सपना पुरा गर्न कस्ता प्रयास गर्नु भएको छ नी ?
पक्कै पनि यहाँले भनेजस्तो सर्वप्रथम नगर वासिलाइ धन्यवाद दिन चाहन्छु र गोकर्णेश्वर नगरपालिकामा नागरिक हरुको विकास र समृद्धिका लागि विभिन्न क्षेत्रमा लागिपरेका छौ । फास्ट्रयाक वाट नगरका सवै क्षेत्रमा विकास गर्न खोजेका छौ । सिस्टममा जानको लागि विधि प्रक्रियाका साथ जानु पर्ने भयकोले ७ ओटा त शाखा वनेका छन । जस वाट नगरमा कार्यसम्पादन गर्नका लागि सहज होस भनेर यी शाखा खोली शाखा खोलिका हुन । सरकार का कामाकारवाहि संञ्चालन गर्नयका हुन । लागि ऐन कानुन चाइने भयकोले हामिले स्थनानिय सरकार संञ्चालन गर्न राजपत्रमा प्रकाशन गरी कार्यान्वयन गरेका छौ ।
यहाँहरुले कानुन वानउनेकामत गर्नु भयो तर स्थानिय नागरीक हरुलाइ प्रस्टपार्न र जनतालाइ प्रतिनिधि हरुले वनाएको कानुन लाई प्रत्याभुती गर्न के प्रयास गर्नु भयकोछ ।
कुरा एक पक्ष वाटमात्र हुदैन नगरको हिउदे अधिवेसन र वर्षे अधिवेसन गरि २ पटकामा हुन्छ । त्यसमा जनताका हरेक कामकुरा हरुमा छलफल हुन्छ । त्यसमा भयका गतिविधि समेटेर किताव निकाल्छौ र सवैको हातमा पुगेको हुन्छ । राजपत्रमा निस्को कुरालाइ त जोसुकै जनता होस दिनेनैहो । जनताले सहज रुपमा जति वेलामा पनि प्राप्त गर्नुहुन्छ । नागरिक हरु लाइ थप सुचना वाट प्रस्ट पार्नका लागि नागरिक वडापत्रको पनि व्यवस्था गरेकाछौ ।नगरका गतिविधि गर्न गोकर्णेश्वार नगरपालिकामा इलेक्ट्री ठुलठुलो वोड राखेका पनि छौ । जनताको चाहना अनुरुप वजेट व्यवस्था गरेका छौ ।
गोकर्णेश्वर नगरपलिकाले नयाँ काम गरेको तर अरु नगरपालिका ले नगरेका काम हरु केके छन नी ?
दशौ कामहरु छन त्यसमा स्थानिय पुस्तक १ देखि ८कक्षा सम्म लागु गरिको छ । नेपाली आफ्नो मौलिक पहिचान नगुमोस भनेर यसलाइ जोडदिदै हामिले पाठ्यक्रमको विकास गरेका हौ । भ्यलिका अरुनगरपालिका हरुले गर्न सकेका छैनन । २ वर्ष भयकोछ यसलाइ लागु गरेको । अर्को ठुलोकाम के भने हाँउसहोल्ड सर्वे घरधुरि फारम त्यो सर्वे निकै वास्तिविक छ र त्यस लाइ करिव डेढ वर्ष लगायर गरेको हो । नगरमा भयका प्रत्यक घरधुरि र व्याक्तिको डेटा छ । त्यसवाट सवै थाहाँपाउन सकिन्छ । कम्प्युटर लाइज गरेको छ । जस्तोकि कोइको घरनं हान्दा सम्पुर्ण अवस्था वताउछ । रोजगारी वेरोजगारि जेछ सवै थाहाँ पाउन सकिन्छ ।
अर्को केभने म नगरमा सभाल्दा करिव पौने सात करोड वजेट थियो तर अहिले त्यलाइ वढायर ५४ करोड उठायका छौ ।
यहाँले करको कुरा पनि उठाउनुभयो तर गरिव न्युन आय भयका व्यवसाय नभयका नागरिक हरु लाइ करमा केहि छुट पनि गर्नु भयको छ की ?
हामिहरुले आय व्यवसाय अनुरुप कर उठाउने गरेका छौ । व्यवसायह व्यरोजगार स्थीति वारे के छ नागरिक हरुको अवस्था हेरेका छौ । कर त सरकार लाइ तिर्ने नैहो । नगरवाट पनि सेवा सुविधा दियका छौ । उद्यो व्यवसाय गर्नका लागि नगरपालिकका नागरिक हरुलाइ कार्यालय वाट दिइने सेवा सुविधा हरुलाइ प्रभावित हुन दियको छैन
काठमाण्डौ जिल्लाको एक महत्वपुर्ण स्थानमा रहेको गोकर्णेश्वर नगरलाइ उद्योगका हिसावले निकै सम्भावना रहेको छ यसलाइ कसरि हेर्नु भयको छ ?
उद्योगका लागि हामि किकै उदार छौ । किषान हरुलाइ पनि व्यवसाय रुपमा खेति मा जोड दियका छौ । शिक्षा क्षेत्रलाइ पनि शिक्षाको हव वनाउन मा जोड दियका छौ । नगरवासि हरुलाइ कसरि समृद्धिको दिशामा उन्मुख गर्ने त्यसाइ जोड दिने प्रयास मा विभिन्न गति विधि अगि सारेका छौ । शिक्षाको स्थिति कोरोनामहामारि पछि शिक्षामा विद्यालय ,कलेजको फि नतिर्ने वनायौ । अनलाइन शिक्षा चल्दै गयो खाद्यान्नको र यातायातको पैसा नतिर्ने कुरा गरेका थियौ त्यो लागु गरेका थियौ ।
स्वास्थ्य क्षेत्रमा अलिक कुरा गरौ लकडाउनका वेला यहाँले समस्यामा परेका नागरिक हरुलाइ सहयोग पनि गर्नु भयो । अहिले थप कस्तो प्रयास गु्नर्स भयकोछ ?
हैन निकै प्रयास गरेका थियौ स्कुल का विद्यार्थी लाइ देखि लियर वाहिवाट आयका नागरिक लाइ घर जान नपायका लाइ सामुहिक खानाखान दिने प्रयास गरेका थियौ । कोरोना अस्पताल वनायौ । ११ जनाको कोभिड१९कालागि तत्तकाल उद्धार गर्न टोली पनि वनायका छौ । अहिले पनि कोरोनाको भ्याक्सीन लगायका छौ । त्यसकालागि नगरका सवै स्वास्थ्यकर्मि लागी परेका छन ।
पर्यटन प्रवद्धनका लागि गोकर्णेश्वर नगरपालिकामा नयाँ योजना केके छन ?
सुन्दरी जल पर्यटनका लागि निकै प्रयास गरेकाछौ धार्मिक पर्यटन पेलेटफर्म वानाउनु पर्छ भनेर लागेका छौ । यस नगर पालिकामा निकैधार्मिक मठमन्दिर पनि छन गुहेश्वरी देखि वागद्धार सम्म गोकर्णेश्वर नगर पालिकामा पर्छ त्यसकै तिरमा सवै मन्दिर पर्छन ।शिवपुरी लेक यतै छन । वागमति किनारामा २ अर्व वरावरको पर्यटनका लागि वाटो वनेको छ । गोकर्णेश्वर धाममा उत्तरगयाधाम खडा गर्ने भनेर १६ करोडको सुनको छाना हाल्ने योजना भयको छ । २० करोडको परिस र निमार्ण गर्ने काम अघि वढेकोछ । जेवोलेका थियौ त्यो पुरा गरेका छौ ।
जोरपाटी वाट सुन्दरीजल जानेवाटो कैले कालोपत्रे हुन्छ ? स्थानिय नागरिक हरु लाइ धुलोमाटो वाट सास्ती खोप्नु परेकोछनी ?
हैन यसवारे गम्भिर रुपमा लागेका छौ वाटो वान्दै छ । अव २ तिर कोलाइनमा ढल निकास गरेका छौ काम तिव्रगतिमा अगि वढायका छौ । विकास गर्ने क्रममा समस्या आउछन त्यो विकासका लागिनै हो सवैले सकारात्मक रुपमा लाग्नु पर्छ ।
नेपाल कृषिप्रधान देश भनिन्छ तर कृषिमा आधुनिकिकरण कैले ल्याउने ? तपाइले नगर पालिकामा कृषि व्यवसायि हरुलाइ कस्तो योजना ल्याउनु भयको छ ?
कृषिका लागि धेरै कार्यक्रम हरु छन । किसानका फमहरुमा जादा विभिन्न व्यवसायी हरु भेटायौ । विभिन्न व्यवसाय अघि वढायका छन । हामिले व्यवसाय गार्ने उद्यमी हरुको भिडियो नै वनायका छौ । वंगरपालन , वाखा्रपालन , कुखुरापालन जस्ता विभिन्न व्यवसाय गरिवसेका छन । उनिहरुको लिपिवद्ध रुपमा रेकर्ड राखेका छौ ८९ जनाले अनुदान पाउदै छन । २करोड सत्तरी लाख अनुदान दिने भयको छ । समुहगत रुपमा अनुदान दिनेहो । व्यवसाय मा प्रविध हस्तान्तरण गरेका छौ । वित्तिय सहयोग पनि गरेका छौ । युवा स्वरोजगार लाइ पनि अगि वढायका छौ मोवाइल रिपियरमा १९जना लेकाम गरेका छन र आवश्यक माग गरे पछि तालिम पनि दियका छौ ।
सामाजिक सुरक्षा भत्तालाइ वैँकको माध्याम वाट दिनुभाछ की ? घरमा नै पुगाएर सुविधा दिुनुभएको छ ।
हो यसमा मेरो विचारमा गाउँमानै घरदैलोमा गयर दिदा राम्रो लाग्छ किनकी वृद्धा अवस्थामा मानिस हरुलाइ वैकमा आउन जान समस्या हुने त्यसैले नातेदार वृद्धाहरुका सयोगि हरुले भत्तानास मास गर्ने भयकोले स्वयम नगरपालिका का कर्मचारी वाट दिय पछि पाउने व्याक्तीकै हातमा पर्ने भयकोले ठिकहुने थियो । वैकमा खाता भय पछि झनजट वनेको छ । अव वैक वाटै वृद्धा भत्ता दिइन्छ ।
अन्तमा पाठक हरुलाइ के भन्नु हुन्छ ?
गोकर्णेश्वर नगर वासिहरु लाइ कुनै किसिमको समस्या हुनदिने छैन जनताको प्रतिनिधिको रुपमा काम गर्ने अवसर जनताले दियकाछन मदृढविश्वासका साथ काम गर्छु । नयाँ वर्ष २०७८ सालको सवैलाइ हार्दीक मंगलमय शुभकामना शन्देस दिन चाहन्छु ।
