सिँजादर्पण जम्ला । लामो समय पछि जुम्लामा हिमपात परेको छ । मंगलवार राति मौसम एकाएक परिवर्तन भए पछि ६ वजेवाट हिमपात हुन लागेको सिँजा सम्वाददाता ठेक वहादुर हमालले वताए । हिउँपरे पछि किसान हरुमा खुसियाली छायको वताए । अव जुम्ला स्याउका विरुवा लगाउनका लागि सहज हुने र वालीनली सप्रने जुम्लाका किसान वताउछन ।
युवा हरु हिउँ खेल्दै

पुष महिनामा हिमाली जिल्लामा हिउ परे पछि खेतिपाति गर्न सहज हुने र कुनै किसिमका रोगव्याधि नहुने सिँजा साउवाडाका लाल वहादुर सुनारले वताए । एकतिर लामो समय हिमपात भय पछि चिसो वढने डरले हिमाली जिल्लाका वासिन्दा लाइ र पशु वस्तु लाइ घासँ पात गर्न समस्या हुने स्थानिय हरु वताउछन । जुम्लाका कतिपय गाउँमा पुरुष नहुने र कामको शिलसिलामा भारतमा व्यपार व्यवसाय गर्न जानुका साथै जाडो छल्न तराइ तिर जाने चलन रहेको छ ।

गाउँ घरमा भने वुढापाका र महिला वालवालिका हरु वस्ने गर्दछन । हिमपात वढि भयो भने वलालालिका हरुमा चिसोका कारण निमोनिया ,ज्वरो जस्ता विरामी वढने स्थानिय स्वस्थ्य कर्मि हरु वताउछन । केहि समय कर्णालीका हिमाली जिल्ला हरु र देशका विभिन्न भागमा वर्षा हुने मौसम पुर्वअनुमान गरियको छ ।हिमपातका कारण कनकासुन्दरी गाउपालिकाको इनन्टरनेट सेवा प्रभावित भयको छ । कार्यलयमा सेवा लिन समस्या भयको सेवा सेवाग्राहिले वताए l
हिउँ परे पछि जुम्लामा किसा हरुमा खुसियाली छाउने र सुबिकाल हुने लोक मान्यता रहेको तातोपानि गाउँपालिकाका अध्यक्ष नवराज नौपाने ले निकै खुसि हुदै फेसवुक पेजमा भिडियो किलिपमा सेर गदै यस्तो भनेका हुन ।
