सम्पादकीय
नेपाल वहु भाषा संस्कति, धर्म तिरिरिवाजको रुपमा पहिचा वनाएको मुलुकहो । धर्मनिरपेक्ष मुलुक नेपाल सवै धर्मको त्यतिकै सम्मान संविधानमा ले गरको छ । २०७२ सालको संविधानले नितिगत रुपमा वैधानिकता दियको छ । नेपालका आफ्नौ मौलीक चाडर्पहरु छन । त्यस मध्यको हरितालिका तिज पर्छ । नेपाली हिन्दु नारी हरुले सदियौ देखिमनाउदै आएको पर्वका रुपमा लिने गरिन्छ । नारीहरुले यसलाइ तिवारका रुपमा लिने गरेको पाइन्छ । भगवान शिवको नाममा पुजाँआजा गर्ने र वर्त वस्ने श्रीमानलाइ भक्तिभाव श्रद्धा गर्ने माइतीघरमा गयर आमा दिदि वहिनी संग सुख दुःख गरेकार तिजका गित भाका हरु गाउँदै पोइली घरमा आफुले भोगेका दुःख गित मार्फत व्यक्त गर्ने विलौना गर्ने जस्ता परम्परा लाइ अहिलेको पिडले पनी पक्षपोषण गदै आएका छन । नेपालका धार्मिक मुल्य र मान्याताले नेपाली पहिचानलाइ निकै महत्व दियको छ । हरीतालीका तिज नारिहरुको एक निकै महत्वको चाडका रुपमा लिएका छन । सरकारले महिला हरुलाइ तिजका दिनमा सार्वजनीकि विदा दिने घोषणा पनी गरेको छ । प्रत्यक तिजमा सरकारी कर्मचारी हरुले पनि विदा लियर तिजमाउन भन्ने उद्देश्यले महिला कर्मचारीलाइ विदा दिने व्यवास्था भएको हो । भादौ शुक्ल दितियाका दिनमा दर खाने र तितियाका दिन तिजमा रमाइलो गर्ने नाचगान गरेर तिज मनाउने परम्परा रहदै आएको छ ।यसपालिको तिज भने असोज १ गतेका दिनमा परेकोछ ।
पछिल्लो समय तिजको मौलीकता हराउन थालेको छ । नेपाली गितसंगित हरुमा पनि आधुनिकता तिर जान थालेका छन । पप र¥यापले नेपाली पनमा वास्तविकत लाइ छायाँमा पारेका छन । नेपालका मौलीक तिजगित आजकाल वदलीन थालेका छन । दरखाने नाममा महिला दिदि वहिनीहरु पार्टी प्यालेसमा गयर वियर ,वाइन खाने विकृतिका कुरापनि त्यनिकै आउन थालेका छन त्यस्ता क्रियाकलापले नेपाली पन हराउदै जाने र संस्कृतिमा विचलन आउन थालेका छन । त्यसैले भडकिला गित र भडकिला संस्कार गर्नु भनेको त्यति राम्रो हुदैन त्यसैले मौलीकता लाइ जोड दिदै तिज मनाऔँ तिजको सवै नारिहरुमा शुभकामना व्यक्त गर्दछौ ।।
